Wednesday 11th March 2026

श्रीमती सँगै बस्न नमानेपछि एसिड प्रहार


तितोपाटी – राजधानीको कालोपुलमा श्रीमानले आफ्नै कान्छी श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । कालोपुल नजिकै डेरा गरी बस्‍ने २० वर्षीया आफ्नै श्रीमती जेनी खड्‍कालाई लोग्ने विष्णु भुजेलले एसिड प्रहार गरेका हुन् । बिष्णुले श्रीमती आफुसँग बस्न नमाने पछि एसिड छर्केको कुरा प्रहरीसँगको प्रारम्भिक वयानमा स्वीकारेको प्रहरीले जनाएको छ । जेनी राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्दै आएकी थिइन ।

युवतीको अनुहार र छातीमा एसिड परेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विष्णुलाई प्रहरीले राति १० बजे काँडाघारीबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनलाई सुरुमा ओम अस्पताल लगिएको थियो । ओम अस्पतालमा उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल लगिएको छ । खड्काको एसिडले शरीरको २० प्रतिशत भाग जलेको छ । उनको बिहीबार १० बजेपछि अप्रेसन गर्ने तयारी गरिएको छ ।

काभ्रे फूलबारीका २८ वर्षीय विष्णु भुजेलले कुरा गर्नु छ भन्दै डेरा बाहिर बोलाएर एसिड छ्यापेका हुन् । भुजेलको जेठी श्रीमती रोजगारीको सिलसिलामा विदेशमा छिन् । केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले जेनीलाइ दोस्रो श्रीमतीको रूपमा भित्र्याएको थाहा पाए पछि उनी माइत मै बसेकी थिइन् ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...