Sunday 4th October 2026

अनेसास कुवेतको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम स्थगित


तितोपाटी – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले अागामी ३१ मे २०१९ शुक्रबारका दिन गर्ने भनिएको ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम विविध प्राविधिक कारणले रोकिएको जनाएको छ । वार्षिक उत्सव अायोजक मुल समितिका संयोजक प्रसाद तिम्सिनाले तितोपाटी डट कमलाइ सो कुराको जानकारी दिएका हुन ।

वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम गर्ने भनिएको ३१ मे को दिन इस्लाम धर्मको पवित्र धार्मिक महिना रमजान नसकिने तथा कार्यक्रम हलमा दिउँसोको कार्यक्रम गर्न असहज भएकोले तत्कालको लागि कार्यक्रम स्थगित गरिए पनि छिट्टै अर्को सूचना जारी गरि वार्षिक उत्सव र साहित्य वाचन कार्यक्रम बारे जानकारी गराउने कार्यक्रम संयोजक तिम्सिनाले तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।

यस अघि अनेसास कुवेत च्याप्टरले कुवेतको जलिब स्थित पपिन्स हलमा ९ औं वार्षिक उत्सव तथा साहित्य वाचन कार्यक्रम धुमधामसँग मनाउने निर्णय गर्दै  कार्यक्रममा साहित्य प्रति रूचि राख्ने जो कोही पनि साहित्य अनुरागी मित्रहरूलाई आ-आफ्नो रचनाहरु लिएर उपस्थित भइ दिनु हुन अनेसास कुवेत च्याप्टरले अनुरोध गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...