Monday 30th March 2026

साउदी कम्पनीले न्यूनतम तलब नदिए मागपत्र प्रमाणीकरण नगर्न आग्रह


तितोपाटी- साउदी अरबस्थित नेपाली सामाजिक संस्थाहरुले न्यूनतम तलब नदिने कम्पनीलाई मागपत्र प्रमाणीकरण नगराउनको लागि नेपाली दूतावाससमक्ष आग्रह गरेको छ ।
साउदीको गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली एकता मञ्च र नेपाली जनसम्पर्क समितिले संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । उनीहरुले दूतवासले न्यूनतम तलब सम्बन्धी प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएको छ ।
नेपालले साउदी जाने नेपाली अदक्ष कामदारको न्यूनतम तलब खानासहित १३ सय रियाल निर्धारण गरेको छ । न्यूनतम तलबलाई कार्यान्वयन गराउनको लागि सबै नागरिकको कर्तब्य र दायित्व भएकाले सबैलाई आआफ्नो क्षेत्रमा गम्भिर रुपमा मनन गर्नुपर्ने उनीहरुको ठम्याई छ ।

‘कामदारलाई सही सूचना दिएर उक्त पारिश्रमिक भन्दा कम नहुने गरी मात्र साउदी अरबमा नेपालले तोकेको सेवा शुल्क भन्दा बढी नलिई कामदार पठाउन म्यानपावरलाई समेत अनुरोध गर्दछौं,’ बिज्ञाप्तिमा उल्लेख छ ।

ती संस्थाहरुले ब्यक्ति विशेषको जिम्मेवारीमा माग प्रमाणीकरण नगर्न दूतावासलाई अनुरोध गरेको छ । ‘माग प्रमाणीकरण गराउने ब्यक्तिको परिचय स्पष्ट गर्ने, यदि नेपालस्थित म्यानापावरको एजेन्ट प्रमाणीत परिचय भए नेपाल सरकारबाट पत्र हुनुपर्ने ब्यवस्था हुनुपर्छ बिज्ञप्तिमा भनिएको छ, ‘परिचय नखुलेको अवस्थामा सम्बन्धित रोजगारदाता कम्पनीको सिफारिस पत्रमा निजको परिचय खुल्ने गरी इकामा सहितको पत्र समाबेश भएको हुनुपर्नेछ कान्तिपुर दैनिक ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...