Wednesday 11th March 2026

काठमाण्डाैंमा अवैधानिक याैनधन्दा गर्ने १२५ जना पक्राउ


तितोपाटी – काठमाण्डाैं उपत्याकाका विभिन्न स्थानमा अवैधानिक रूपमा याैनधन्दा गर्ने १२५ जनालाइ काठमाण्डैं प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको हो । सर्वसाधारणको भिडभाड हुने क्षेत्रहरूबाट  उनीहरूलाइ पक्राउ गरिएको हो ।

काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ रेष्टुरेण्ट बारमा लाने अनैतिक ब्यबहार गर्ने गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक उत्त्मराज सुवेदीका अनुसार उनीहरुलाइ काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, बागबजार, चावहिलल लगायतका स्थानबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा महिला प्रहरीलाई संकास्पद क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...