Monday 10th November 2025

काठमाण्डाैंमा अवैधानिक याैनधन्दा गर्ने १२५ जना पक्राउ


तितोपाटी – काठमाण्डाैं उपत्याकाका विभिन्न स्थानमा अवैधानिक रूपमा याैनधन्दा गर्ने १२५ जनालाइ काठमाण्डैं प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट प्रहरीले यौन ब्यावसायमा संलग्न रहेकाे अाराेपमा १ सय २५ जनालाइ पक्राउ गरेको हो । सर्वसाधारणको भिडभाड हुने क्षेत्रहरूबाट  उनीहरूलाइ पक्राउ गरिएको हो ।

काठमाडौंका विभिन्न चोकमा बसेर महिलालाई फकाइ फुलाइ रेष्टुरेण्ट बारमा लाने अनैतिक ब्यबहार गर्ने गरेको आरोपमा उनीहरुलाइ पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख वरिष्ठ उपरिक्षक उत्त्मराज सुवेदीका अनुसार उनीहरुलाइ काठमाडौंका नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, बागबजार, चावहिलल लगायतका स्थानबाट सोमबार पक्राउ गरिएको हो ।

उनीहरुलाई पक्राउ गर्न सादा पोशाकमा महिला प्रहरीलाई संकास्पद क्षेत्रमा परिचालन गरेको थियो । पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

एक महिना पुरानो युद्धविरामलाई खतरामा पार्ने संकटको समाधान खोज्न मध्यस्थकर्ताहरूलाई आग्रह गर्दै इजरायलको नियन्त्रणमा रहेको गाजाको रफाह क्षेत्रमा लुकेका हमास…

प्रतिकृयाहरू
...