Wednesday 11th March 2026

श्रीलंकामा सामाजिक संजाल माथि अस्थायी प्रतिबन्ध


तितोपाटी – श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिवन्ध लगाइएको छ। गत महिना इस्टर पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थानमा हिंसात्मकरुप लिएपछि सरकारले फेसबुक, ट्वीटर, ह्वास्एप, भाइबरलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो।

मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरुमा समेत तोडफोड हुन थालेपछि सरकार सचेत भएको बताइएको छ। क्रिश्चियन समुदाय बाहुल्य चिलवा सहरमा मुस्लिम समुदायको पसलमा ढुंगा मुढा समेत भएको थियो। सामाजिक सञ्जालका पोष्टले हिंसा भड्काएको अधिकारीहरुको बुझाइ छ।

‘देशमा शान्ति कामय गर्नको लागि अस्थायीरुपमा सामाजिक सञ्जाल बन्द गरिएको हो’, सूचना विभागका प्रमुख नलका कलुवुवाले भनेका छन्।  ‘धेरै नहाँस, एक दिन रुने छौं’, फेसबुकमा एक मुस्लिम पसलेले कमेन्ट पोष्ट गरेपछि स्थानीय क्रिस्चियन समुदाय क्रुद्व बनेका थिए। फेसबुकमा हिंसा भड्काउने पोष्ट गरेको भन्दै ३८ वर्षिय अब्दुल हमिद मोहम्मदलाई प्रहरीले पक्राउ गरेको छ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...