Saturday 11th October 2025

श्रीलंकामा सामाजिक संजाल माथि अस्थायी प्रतिबन्ध


तितोपाटी – श्रीलंकामा सामाजिक संजाल र म्यासेजिङ एपमाथी अस्थायी रुपमा प्रतिवन्ध लगाइएको छ। गत महिना इस्टर पर्वको समयमा भएको आत्मघाती हमलाको विषयमा सामाजिक सञ्जालमा भएका वादविवादले केहि स्थानमा हिंसात्मकरुप लिएपछि सरकारले फेसबुक, ट्वीटर, ह्वास्एप, भाइबरलगायतका सामाजिक सञ्जालमा अस्थायी प्रतिवन्ध लगाएको हो।

मुस्लिम समुदायले सञ्चालन गरेका पसलहरुमा समेत तोडफोड हुन थालेपछि सरकार सचेत भएको बताइएको छ। क्रिश्चियन समुदाय बाहुल्य चिलवा सहरमा मुस्लिम समुदायको पसलमा ढुंगा मुढा समेत भएको थियो। सामाजिक सञ्जालका पोष्टले हिंसा भड्काएको अधिकारीहरुको बुझाइ छ।

‘देशमा शान्ति कामय गर्नको लागि अस्थायीरुपमा सामाजिक सञ्जाल बन्द गरिएको हो’, सूचना विभागका प्रमुख नलका कलुवुवाले भनेका छन्।  ‘धेरै नहाँस, एक दिन रुने छौं’, फेसबुकमा एक मुस्लिम पसलेले कमेन्ट पोष्ट गरेपछि स्थानीय क्रिस्चियन समुदाय क्रुद्व बनेका थिए। फेसबुकमा हिंसा भड्काउने पोष्ट गरेको भन्दै ३८ वर्षिय अब्दुल हमिद मोहम्मदलाई प्रहरीले पक्राउ गरेको छ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...