Wednesday 11th March 2026

सल्यानका विभिन्न स्थानमा आगलागी: २ को मृत्य , एक गम्भीर घाइते


तितोपाटी- छत्रेश्वरी गाउँपालिका वडा नम्बर-६ रामकाडामा भएको भीषण आगलागीमा एकजनाको ज्यान गएको छ भने सिमपानीका ८ घर जलेर नष्ट भएका छन् ।

सिमपानीसम्म पुगेको आगो निभाउने क्रममा सिमपानीका ५५ बर्षीया प्यान्टी बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले पुष्टि गरेको छ । आगोमा परेर त्यसै ठाउँका ४० वर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् ।

आगो नियन्त्रणमा लिन गाह्राे भइरहेकाे छत्रेश्वरी-६ का अध्यक्ष चुडामणि दसौतीले जानकारी दिनुभयाे । शुक्रबार बिहानदेखि सल्किएको आगो बीचमा रहेको सिमपानी गाउँ घेरेर चारैैतिरको जंगलमा फैलिएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम, श्रीनगरको टोली, सशस्त्र प्रहरी र स्थानीयहरु पुगेर आगो नियन्त्रणको प्रयास गरिरहेकाे प्रहरीले जनाएकाे छ।

यस्तै शारदा नगरपालिका-९ दुवेरी पुनटोलका ६३ वर्षीय गोवर्धन पुनको स्थानीय काफलखोली सामुदायिक वनमा भएको आगलागीमा परेर ज्यान गएको छ । वैशाख २४ गते घरबाट निस्किएका पुन परिवारको सम्पर्कमा नआएपछि खोजी गर्दा जंगलमा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्स्पेक्टर पंचलाल गोलेले बताउनुभयो ।

यसैबीच सल्यानको ठाउँठाउँमा आगलागीले भीषण रुप लिएको छ । अहिले शारदा नगरपालिका २ लुहापिङमा रहेको सशस्त्र व्यारेक नजिकै आगलागी भएको प्रहरीले जनाएको छ । कपुरकोट गाउँपालिकाको मुलपानीमो आगलागीले पनि स्थानीय ब्रिजलाल खड्काको घर जलेर नष्ट भएको छ ।

शारदा नगरपालिका-१०, मदना नजिकै आगलागीले एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । सल्यानका अधिकांश वन जंगलहरु सल्लाको भएकाले आगलागी हुने गरेको देखिएकोले सजग रहन प्रहरीले सबैलाई अपिल गरेको छ ।

साभार उज्यालो


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...