Wednesday 11th March 2026

सिरहाको पतारीमा दलितको घर भत्काएर बाटो निर्माण


रञ्जिता भट्टराई –  सिरहाको लक्ष्मीपुर पतारी १ मा दलितको घर भत्काएर बाटो निर्माण गर्ने क्रममा आज एक दर्जन मान्छेलाई गम्भिर चोटपटक लागेको छ । बाटो बनाउँने क्रममा लक्ष्मीपुर पतारीले स्थानीय लक्ष्मी खत्वेको कि.नं. ५६ को नम्बरी जग्गामा जबर्जस्ती स्काइभेटर चलाएर घर भत्काउँन लाग्दा चोटपटक लागेको छ । सार्वजनिक जग्गा रहँदा रहँदै पक्षपाक्ष ढंगले खत्वेको घर भत्काउँन लाग्दा प्रतिकार गरिएका उनका घरपरिवारलाई गाउँपालिका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले कुटपिट गरेको छ ।

कुटपिट गर्दा पीडितपक्षका धनुदेवी मण्डल, आशो, मनिषा, रीता, हिरा, गोविन्द, मदन, बिर्खी, बस्नीत, चँचलियादेवी मण्डललाई चोटपटक लागेको छ । उनीहरूलाई स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । जसमा धनुदेवी र रीता मण्डलाई स्लाईन पानी लगाएको छ । घर भत्काउँने क्रममा प्रहरी र गाउँपालिकापक्षले यिनीहरुलाई कुटपिट गरेको हो ।

पीडितपक्षले न्यायको लागि केही दिन अगाडि उच्च अदालत जनकपुर, राजविराजमा निवेदन दिएका थिए । अदालतले घर नभत्काई दिन आदेश दिएको छ तर अदालतको अपहेलना गर्दै लक्ष्मीपुर पतारी गाउँपालिकाले निजको घर भत्काएको छ । अदालतको पत्रमा घर भत्काउँदा क्षतिपूर्ती दिन समेत निषेधाज्ञा गरेको छ । स्थानीय राहुल यादवका अनुसार खत्वेको घर भत्काउँने कुनै आवश्यकता नै छैन । उनको घर अगाडि सार्वजनिक जग्गा रहेको छ, त्यसलाई पनि बाटोको लागि प्रयोग गर्दा हुन्थ्यो तर घर भत्काएर राजनीतिकरण गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...