Friday 13th March 2026

नेपाली फुटबलमा पनि ब्यावसायिकता, साबित्रा र अनिताले भारतीय लिगमा फुटबल खेल्ने


तितोपाटी – नेपाली महिला फुटबलमा अब व्यवसायिकता पनि सुरु भएको छ, त्यो पनि विदेशमा । हालसालै सावित्रा भण्डारी र अनिता वस्नेत व्यवसायिक फुटबल खेल्न भारत गएका छन् । उनीहरूले महिलाको भारतीय लिग खेल्नेछन् र उनीहरूको क्लब हो— सेतु फुटबल । यो नेपाली महिला फुटबलका लागि निकै सुखद समाचार हो ।

केही समयअघि मात्र सम्पन्न हिरो गोल्डकप र साफ च्याम्पियनसिपमा यी दुवै खेलाडीले राम्रो खेले । उनीहरूको खेलबाट भारतीय टिम पनि प्रभावित थियो । त्यसैले स्ट्राइकर सावित्रा र मिडफिल्डर अनिताको भाग्य खुलेको हो । साबित्रा अग्रपंतिकी खेलाडी हुन भने अनिता मध्यपंतिकी खेलाडी हुन । दुबै जना सशस्त्र प्रहरी बल महिला क्लब तथा नेपाल महिला राष्ट्रिय फुटबल टिमबाट खेल खेल्दछन् ।

भारतीय लिग अर्को महिना सुरु हुनेछ । यसअघि फुटसल नै सही, यिनै सावित्रा र अनिताले माल्दिभ्समा पनि व्यवसायिक खेल खेलिसकेका छन् । यसरी हेर्दा साबित्रा र अनिता अन्तर्राष्ट्रिय ब्यवसायिक फुटबल खेल्ने पहिलो महिला फुटबलर समेत भएका छन् ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...