Sunday 11th January 2026

अचम्मको जमाना आयो पहिले गर्भवती हुने अनि इन्गेज्मन्ट गर्ने !


तितोपाटी – गत मार्चमा आफु गर्भवती भएको खबर सार्वजनिक गरेकी ब्रिटिस नायिका एमी ज्याक्सनले प्रेमी जर्ज पेनेइटोउसँग इन्गेजमेन्ट गरेकी छन्। एमीले इन्स्टाग्राममा इन्गेजमेन्टको फोटो र भिडियो राख्दै जर्जसँग लामो सम्बन्ध कायम राख्नका लागि इन्गेजमेन्ट गरेको उल्लेख गरेकी छन्।

एमीले लन्डनमा दिएको इन्गेजमेन्ट पार्टीको तस्बिर र भिडियो इन्स्टाग्राममा राखे पछि सामाजिक सन्जालमा ती तस्बिर र भिडियो भाइरल भएका छन्। एक भिडियोमा जर्जको साथमा बसेकी एमीलाई उनका निम्तालु पाहुनाले घेरेर तस्बिर खिचेको देख्न सकिन्छ। भिडियोमा एमी कालो र सेतो गाउनमा निकै सुन्दर देखिएकी छन्। एमीले आफ्ना साथी तथा परिवारका सदस्यसँग निकै रमाएको प्रष्ट देख्न सकिन्छ।

जर्जले गत जनवरी १ मा एमीलाई प्रपोज गरेका थिए। ‘यो समय हाम्रा लागि महत्वपूर्ण समय हो। जनवरीको पहिलो दिन हाम्रो जीवनको एउटा रोमान्चक यात्रा सुरु भयो। म तिमीलाई माया गर्छु। मलाई विश्वकै सुखी र खुशी केटी बनाएकोमा तिमीलाई धेरै धन्यवाद छ’, एमीले इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छन्।

एमीले गत मार्च ३१ मा आफु गर्भवती भएको कुरा इन्स्टाग्राममा फोटो राख्दै खुलाएकी थिइन्। ‘अहिले आमा र बाबु बन्न लागेको अनुभव भइरहेको छ’, उनले लेखेकी थिइन्। एमीले एक पत्रिकामा दिएको अन्तरवार्तामा गर्भवती हुनु योजनाबद्ध नरहेको बताएकी थिइन्। ‘तर हामी यस्तो अवस्थामा आएमा तयारी अवस्थामा थियौं।

मलाई लाग्दैन कि तपाई सबै कामहरू योजनाबद्ध किसिमले गर्नुहुन्छ’, उनले भनेकी छन्, ‘हामी खुशी छौं। हामीसँग सुन्दर घर छ। त्यो घरमा सुन्दर सन्तान भित्र्याउन आतुर छौं।’ जोडीले विवाहका लागि ग्रिसको माइकोनोस आइसल्यान्डलाई छनोंट गरेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...