Tuesday 5th May 2026

जिफण्ट कुवेतले १३० अाैं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनायो


तितोपाटी – नेपाली प्रवासी श्रमिक संघ जिफन्ट कुवेतले  ३ मे २०१९ शुक्रबारको दिन १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । कुवेतवासी मजदुरहरु लगायत कुवेत ट्रेड युनियन फेडरेसन ,सोलिडारिटी ,सन्धिकन एसोसिएसन , ह्युमन राईट्स र नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खेतान स्थित राजधानी रेष्टुरेन्टमा एक समारोहको अायोजना गरि अन्तर्राष्ट्रय श्रमिक दिवस मनाइएको हो ।

संस्थाका अध्यक्ष गणेश रावतको सभाध्यक्षता तथा नेपाली राजदूतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख अातिथ्यता र  एनआरएनए कुवेतका अध्यक्ष शुमित्रादेवी पौडेल, कुवेत ट्रेड युनियन फेडरेसनको तर्फबाट अवाद शुगेर ,सोलिडारिटी सेन्टरको तर्फबाट फार्न्सिस्का र अब्दुल रहमान अल तुर्कि लगायतको विशेष अातिथ्यता एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र पत्रकार, कलाकार एवं कुवेतमा कार्यरत श्रमिक दाजुभाइ दिदीबहिनीको उपस्थितमा सम्पन्न सो कार्यक्रममा नेपाल र कुवेत दुबै देशका राष्ट्रिय गान बजाइ दीप प्रज्वलन गरिएको थियो ।

शुभकामना मन्तब्यको क्रममा बिशेष अतिथिहरु र बिभिन्न संघ संस्थाको प्रतिनिधिहरुले आ आफ्ना धारणाका साथ मजदुरहरुको हक हितका लागि सबै एक हुन सुझावहरु दिएका थिए । कार्यक्रममा श्रमिककै विषय समेटिएका साहित्य वाचन पनि गरिएको थियो । जिफन्ट कुवेतले मजदूर हक हित र स्तरोन्नतीको लागि महत्वपुर्ण योगदान दिएको भन्दै विभिन्न क्षेत्रका व्यक्तिहरूलाइ सम्मान समेत गरेको थियो । सम्मान पाउनेहरूमा नेपाली राजदूतावासका श्रम सहचारी – ज्ञानेन्द्र शर्मा, सोलिडारिटि सेन्टर कुवेत इन्चार्ज – अब्दुल रहमान अल तर्की, हुन्डाई कम्पनीका एच•आर• ईन्चार्ज – जय आले मगर, टेक्निकास रिफाईनरिइ प्रोजेक्ट सेफ्टि ट्रेनर -राजिव खड्का, ग्रुप फोर सेक्युरीटी सर्भिस कोडिनेटोर मनोज क्षेत्री, डाइट फ़ुड रेष्टुरेन्ट सुपरभाईजर नारायण पोख्रेल तथा च्याउ खेति विशेषज्ञ कमल सुवेदी लाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सभाध्यक्ष रावतले प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्नेहरू तथा कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिंदै अागामी दिनमा समेत सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दै कार्यक्रम समापन गरेका थिए भने संस्थाका सल्लाहकार उदास श्रेष्ठको स्वागत तथा महासचिव प्रसाद तिम्सिना र समाजसेवी सुरज मास्केद्वारा संयुक्त रूपमा सो कार्यक्रम संचालन भएको थियो ।

स्मरण रहोस, विश्व स्तरमा मनाइने श्रमिक दिवस सन् १८८६ मे ४ तारिखको दिन मजदुरहरुले आफ्ना हक, हित र दैनिक ८ घण्टा काम ८ घण्टा मनोरन्जन र ८ घण्टा आराम गर्न पाउनुपर्ने नाराका साथ अमेरिकाको सिकागोमा भएको हैपरमार्केट आन्दोलन तथा रक्तपातमा मारिएका श्रमिक मजदुरहरुको सम्मानमा अनि सन् १८८९ मा पेरिसमा प्रस्तावित मस्यौदा अनुसार सन् १८९१ मा वैधानिकरुपमा दोश्रो अन्तर्राष्ट्रिय कम्युनिष्ट तथा सामाजिक संघको भेला-गोष्ठीबाट पारित भएको ऐतिहासिक दिनको सम्झनामा हरेक मे १ तारिखको दिन विश्व श्रमिक दिवस मनाइन्छ।


सम्बन्धित शीर्षकहरु

सरकारले अघि बढाएको ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ राष्ट्रपतिबाट जारी भएसँगै निजामती सेवाभित्र रहेको ट्रेड युनियन व्यवस्थाको औपचारिक…

नेपाली दूतावास कुवेतले हिँजो २ मे २०२६ शनिबारका दिन दूतावासको सभा हलमा "श्रम तथा वित्तीय सचेतना" विषयक छलफल  कार्यक्रम सम्पन्न…

तस्बिरमा रहेको विज्ञप्तिअनुसार राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्ले स्वीकृत गरी प्रमाणीकरणका लागि पठाएको “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन)…

प्रतिकृयाहरू
...