Tuesday 10th March 2026

बझाङमा जीप दुर्घटना, एकको मृत्यु


तितोपाटी – बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं. ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो । थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भट्राईसँगै जीपमा रहेका जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बडेको छ । यही बैसाखको ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...