Wednesday 6th August 2025

बझाङमा जीप दुर्घटना, एकको मृत्यु


तितोपाटी – बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं. ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो । थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भट्राईसँगै जीपमा रहेका जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बडेको छ । यही बैसाखको ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको नवौं राष्ट्रिय एकता महाधिवेशन हिजो मिती ४ अगस्त २०२५ का दिन कुवेतको खैतान…

टिम दर्ता र टाईसिट १५ अगष्तमा बिकास रोका मगर - नेपाल मगर संघ शाखा कुवेतले शहिद लखन थापा मगर रनिङ…

यो टेलिस्कोपले ब्रह्माण्डमा नदेखिने कुराहरू पनि देखाउनेछ जुन २०२५ मा वाशिंगटन डीसीमा आयोजित पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारणको क्रममा केही अद्भुत…

प्रतिकृयाहरू
...