Tuesday 10th March 2026

१६ वर्षीया किशोरीलाइ विहेको प्रलोभन देखाइ पटक-पटक बलात्कार गर्ने पक्राउ


तितोपाटी – पश्चिम नवलपरासीमा एक १६ वर्षीया किशोरीलाइ पटक पटक बलात्कार गर्ने २६ वर्षीय युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पूर्वी नवलपरासीको कावासोतीमा ती किशोरीलाइ बलात्कार गरेको आरोपमा प्रहरीले  पक्राउ गरेको हो ।

प्रहरीले कावासोती-११ लौखानी निवासी २६ वर्षीय आशाराम माझीलाई पक्राउ गरेको हो । आइतबार पक्राउ परेका आशारामले बालिकालाई नियमित बलात्कार गर्ने गरेको प्रहरी समक्ष बयान दिएका छन् । पछिल्लो समय आशारामले ती बालिकालाई बलात्कार गरेको गाउँलेहरुले नै देखेपछि प्रहरीमा उजुरी गरेका थिए ।

विवाह भएर श्रीमतीले छाडेपछि एक्लै बसेका माझीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभन देखाइ बलात्कार गरेको प्रहरीलाई बयान दिएका छन् । प्रहरीले माझीलाई आइतबार पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । बालिकालाई भने स्वास्थ्य परीक्षणका लागि पठाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...