Sunday 8th March 2026

नेपाली राजदूतावास कुवेतले परिचयात्मक भेटघाट तथा अन्तरकृया सम्पन्न गर्यो


तितोपाटी – नेपाली राजदूतावास कुवेतले कुवेतका लागि नेपालका राजदूत महामहिम श्री दुर्गा प्रसाद भण्डारीको समुपस्थितिमा हिँजो मिति २०७६ वैशाख १४ गते एक परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । दूतावासले प्रेश विज्ञप्ति जारी गरि सो कुरा जनाएको छ ।

कुवेतमा कार्यरत नेपाली कामदारहरूको हकहीत प्रवर्ध्दन तथा रोजगारीको अवस्था, नेपालको निकासी व्यापार र पर्यटन प्रवर्ध्दन, कुवेतबाट नेपालमा लगानी भित्र्याउने एवं राजदूतावासबाट प्रदान गरिने सेवा प्रवाहमा थप प्रभावकारिता ल्याउने सम्बन्धमा स्थानीय नेपाली समुदायको सल्लाह, सुझाव र पृष्ठपोषण लिने उद्देश्यले उक्त अन्तरक्रिया आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महामहिम राजदूत श्री दुर्गा प्रसाद भण्डारीले उपस्थित गैर आवासीय नेपाली संघका पदाधिकारी तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरू लगायत अन्य महानुभावहरूलाई राजदूतावास तथा आफ्नो तर्फबाट हार्दिक स्वागत गर्दै उत्साहपूर्ण उपस्थितिका लागि धन्यवाद दिंदै नेपालको निर्यात व्यापार एवं पर्यटनको प्रवर्ध्दन तथा कुवेतबाट नेपालमा लगानी भित्र्याउने विषयलाई राजदूतावासले उच्च प्राथमिकतामा राखी कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ । वैदेशिक रोजगारलाई थप सुरक्षित, मर्यादित, व्यवस्थित एवं समस्यारहित बनाउन नेपाल र कुवेत सरकारबीच श्रम संझौता गर्नका लागि कूटनैतिक पहल अघि बढाउने तथा राजदूतावासबाट प्रदान गरिदै आएको कन्सुलर लगायत अन्य सेवाहरूलाई आगामी दिनमा थप प्रभावकारी, शिघ्र र सेवाग्राहीमैत्री बनाउँदै लैजाने प्रतिवध्दता व्यक्त  गरे ।

अन्तरक्रिया कार्यक्रममा सहभागी महानुभावहरूले वैदेशिक रोजगार, ब्यापार, पर्यटन, वैदेशिक लगानी एवं कुवेत र नेपालबीच जनस्तरमा कायम रहेको सुमधुर सम्बन्धलाई थप प्रगाढ बनाउने लगायतका विषयहरूमा महत्वपूर्ण सुझावहरू दिनुभएको थियो । छलफलका क्रममा सहभागीहरुका तर्फबाट राखिएका विभिन्न प्रश्न एवं जिज्ञासाहरुमा महामहिम राजदूत तथा राजदूतावासका कर्मचारीहरुबाट त्यस बारेमा जवाफ एवं धारणा व्यक्त गरिएको थियो ।

राजदूतावासबाट जारी गरिएको प्रेश विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...