Tuesday 10th March 2026

दोलखामा २२ वर्षे अपांग छोराको हत्या गरेको आरोपमा ४४ वर्षीय बाबु पक्राउ


तितोपाटी – आफ्नै छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । दोलखाको सैलुङ गाउँपालिका-४ मा अन्दाजी २२ वर्षीय छोरा बेद बहादुर रेग्मीको हत्याको आरोपमा आफ्नै बाबु अन्दाजी ४४ वर्षीय चुडा बहादुर रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत सोमबार देखि घर गाउँमा नदेखिएको र परिवारले समेत सम्बन्धमा कहीँ कतै जानकारी नगराएकोले ,घटनामा संलग्न हुन सक्ने भनि मृतकको बाबु चुडालाई प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा मृतक जन्मजातै बोल्न नसक्ने भएको र जहीँ तहीँ फोहोर दिसा, पिसाव गरी हिड्ने र सोही दिन पनि घरमा फोहोर गरेको निहुँमा आवेशमा आई बुबाले घरमै रहेको हथौंडा ह्यामरले टाउकोमा प्रहार गर्दा तत्कालै मृत्यू भएको खुलेको छ ।

छोरा बेद बहादुरको मृत्यूपश्चात कम्बलमा पोको पारी खहेर खोलामा फाली कसैलाई नभनी बुबा गुपचुप बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ज्यान सम्बन्धी कसुरमा मृतकको बुबालाई मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी दोलखाले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...