Monday 13th April 2026

आठौँ राष्ट्रिय खेलकुदमा पाैडीवाज गाैरिकाको सर्वाधिक स्वर्ण सहित नयाँ कीर्तिमान


शुभम र अनुभवले पनि नयाँ कीर्तिमान कायम गरे

तितोपाटी – ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगिताको तेस्रो दिन एक कीर्तिमान सहित कूल ४ स्वर्ण जितेकी छिन् ।उनले यसअघि पहिलो र दोस्रो दिन २-२ स्वर्ण जितेकी थिइन् । यो संगै गौरिकाले जारी प्रतियोगितामा सर्वाधिक ८ स्वर्ण जित्दै प्रतियोगितामा धेरै स्वर्ण जित्ने खेलाडी बनेकी छिन । यसअघि एपीएफका राजु राईले ५ स्वर्ण जित्दै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेका थिए ।

नेपालगन्जको होटल सिग्नेटमा भइरहेको २५ मिटरको सर्ट कोर्सको प्रतियोगितामा गौरिकाले प्रतिस्पर्धा गरेकी सबै स्पर्धामा स्वर्ण जितेकी छिन्। उनले मंगलावर महिला १०० मिटर बटरफ्लाईमा कीर्तिमानसहित स्वर्ण जित्दा महिला २०० मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टायलमा पनि स्वर्ण जितिन्।

यस्तै महिला इन्डिभिजुएल मिड्ले रिलेमा पनि उपस्थि महर्जन, डुआना लामा र सोफिया शाहसँग मिलेर आर्मीलाई स्वर्ण जिताइन्। यसैगरी पौडीको तेस्रो दिन शुभम श्रेष्ठ र अनुभव सुब्बाले पनि कीर्तिमान सहित स्वर्ण जितेका छन्। शुभमले ५० मिटर ब्रेस्टस्ट्रोक र अनुभवले १०० मिटर बटरफ्लाईमा आफ्नै कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन्।

यस्तै एनआरएनएका प्रतिनिधित्व गरिरहेका नाथन दोर्जे शेर्पाले पनि खेलेका सबै स्पर्धामा स्वर्ण जित्ने क्रममा व्यक्तिगत चौथो स्वर्ण जितेका छन्। थानले मंगलवार पुरुष २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेका हुन्।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...