Tuesday 10th March 2026

जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर चितवनको बम्पर उपहार “वासिङ मेसिन” डण्डा नवलपुरका दधिराम न्यौपानेलाई


ओमकार अर्याल-जस्मिन पेन्ट्स प्रा.लि. भरतपुर,चितवनले आफ्ना ग्राहक बर्गलाई लक्षित गरी लिएर आएको बम्पर उपहार योजना “ थाईल्याण्डको मज्जा जस्मिन पेट्स ले घर रंगाउदा २०७५ “ अन्तर्गत वाशिङ मेसिन जित्नुहुने डण्डा नवलपुरका दधिराम न्यौपानेलाई सोमबार पुरस्कार हस्तान्तरण गरेको छ ।

न्यौपानेले तृतीय बम्पर उपहार योजना अन्तर्गतको लक्की ड्र मार्फत सो उपहार प्राप्त गरेका हुन । पुरस्कार हस्तान्तरण जस्मिन पेन्ट्स प्रा .ली. का डाईरेक्टर मधुसुदन अर्यालले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै कम्पनिका डाईरेक्टर अर्यालले आगामी दिनमा ग्राहक बर्गलाई लक्षित गरी अझ नयाँ नयाँ तथा आकर्षक एबं प्रभाबकारी उपहार योजना ल्याउने बताए ।

बि स‌ं २०५१ सालमा स्थापना भएको उक्त कम्पनीले नेपाली बजारमा बिभिन्न साईज तथा कलरमा आफ्ना उत्पदनहरु ग्राहक समक्ष पुर्याउन सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरु समेत प्राप्त गर्न सफल भएको उक्त कम्पनीले ग्राहक, डिलर तथा पेन्टरलाई लक्षित गरी बिभिन्न उपहार योजनाहरू लिएर  अाइरहेकोछ । उक्त उपहार योजनाहरुमा कम्पनीले स्कुटी ,मोटरसाईकल तथा कार समेत प्रदान गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...