Sunday 11th January 2026

बलिउड अभिनेत्री मलाइका पुनः चर्चामा


तितोपाटी-बलिउड अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुरसँगको अफेयरका कारण चर्चामा छिन् । कतिपय सञ्चारमाध्यममा उनीहरूबीच चाँडै नै विवाह हुने खबर यसअघि नै आएको थियो । केही दिनअघि बिदा मनाउँदै गरेका उनीहरूको तस्बिर पनि सार्वजनिक भएको थियो । उक्त तस्बिर भद्दा भएको भन्दै फ्यानहरूले व्यापक कमेन्टसमेत गरेका थिए । यसको जवाफमा मलाइकाले विकिनीसहितको तस्बिर सार्वजनिक गर्दै आफ्नो खुसी आफैंमा निर्भर रहने बताएकी थिइन् ।

कतिपय सञ्चारमाध्यमले उनीहरूको विवाह आगामी वर्ष हुने बताउँदै आएका छन् । मलाइका र अर्जुनको उमेर १२ वर्षले फरक छ । मलाइकाले गत वर्ष मात्रै अरवाज खानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । उनीहरूका तर्फबाट १५ वर्षे छोरा छन् । उनीहरू २१ वर्षसम्म वैवाहिक सम्बन्धमा थिए । अर्जुन भने अविवाहित हुन् ।

उता अरवाज पनि रोमानियाकी सुन्दरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा छन् । उनीहरूले पनि चाँडै विवाह गर्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । मलाइका अर्जुनसँगै खुलेरै देखिएपछि उनीहरूबीच सम्बन्ध विच्छेद भएको बताइन्छ । तर, उनीहरूको जोडी नमिलेको भन्दै धेरैले खिल्लीसमेत उडाएका थिए । – एजेन्सी

 


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...