तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी पीडितहरुलाई रु. ५१,०००।– (अक्षेरुपी एकाउन्न हजार रूपैया) आर्थिक सहयोग गरेको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको ४- अप्रिल, २०१९ बिहीबारको दिन आपतकालीन बैठक बसेको थियो । उक्त बैठकले मध्य तराईको बारा र पर्सा जिल्लाहरुमा आएको बिनाशकारी हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको जानकारी अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी गराएकी छिन ।
हावाहुरीबाट प्रभावित क्षेत्रको लागि सहयोग संकलन हुने क्रममा मध्यपूर्वबाट कुवेत, बहराईन र ओमानबाट एनआरएनएको खातामा संकलित आर्थिक सहयोग जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताएका छन । उक्त संकलित रकम प्रभावित क्षेत्रमा राहत बितरण गरिने पनि जानकारी गराएका छन ।