Thursday 12th March 2026

२० वर्षीया महिलाले जन्माइन् एक महिनामै तीन बच्चा


तिताेपाटी – बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् ।

२० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६ दिन पछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाउन सकेनन् ।

पहिलो बच्चा जन्मिएको झण्डै एक महिनापछि आरिफ सुल्ताना नामकी यी महिलाले जुम्ल्याहा बच्चाको जन्म दिइन् । अहिले तीनैजना बच्चा र आमा स्वस्थ रहेका छन् ।

उनको उपचारमा संलग्न डाक्टर शीला पोद्दारले एएफपीलाई बताएअनुसार ‘पहिलो बच्चा जन्मिसकेपछि उनलाई आफू गर्भवती रहेको महसुस पनि भएन । २६ दिनपछि उनी बिरामी परिन् र हामीकहाँ आइन् ।’

आरिफ सुल्तानाको पहिलो बच्चा सामान्य रुपमा नै जन्मिएको थियो । तर उनको पहिलो बच्चा समय भन्दा केही अगाडि जन्मिएको थियो ।

चिकित्सकका अनुसार यो दुर्लभ घटना हो । यी महिलाको दुईवटा गर्भाशय थियो । आरिफा शारशाको श्यामलागाछि गाउँमा बस्थिन् ।

बंगलादेशको न्युज वेबसाइट बीडीन्यूज २४ सँग अरिफाका पति सुमोन विश्वासले भनेका छन् ‘पहिलो बच्चा जन्मिएको २६ दिनपछि अरिफा फेरि बिरामी भइन् । उनलाई अस्पताल लगियो त्यसपछि उनले अर्को दुईवटा बच्चा जन्माइन् ।’

डाक्टर शीला पोद्दारका अनुसार दोस्रो पटक आरिफालाई अस्पताल ल्याएपछि उनको अल्ट्रासोनेग्राफी जाँज गरियो । जसमा उनको दुईवटा गर्भाशय रहेको पत्ता लाग्यो ।

पहिलो बच्चा पहिलो गर्भाशय र दोस्रो बच्चा दोस्रो गर्भाशयबाट जन्मिएको थियो । डाक्टर पोद्धार भन्छिन् ‘यो दुर्लभ घटना हो । मैले पहिलो पटक यस्तो भएको देखेँ । यसको बारेमा मैले कहिल्यै सुनेको पनि थिइनँ ।’

तीन बच्चा र महिलालाई मंगलबार अस्पतालबाट घर पठाइएको छ । पहिलो पटक यस्तो घटना सन् २००६ मा बेलायतमा भएको थियो । बेलायतकी एक महिलाले पनि तीन बच्चा जन्माएकी थिइन् । उनको पनि दुईवटा गर्भाशय रहेको पाइएको थियो ।

-एजेन्सी


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

प्रतिकृयाहरू
...