Thursday 19th February 2026

एसईई परीक्षाको एक दिन अगाडि नै प्रश्नपत्र बाहिरियो, सम्बन्धित निकायकै मिलोमतोमा प्रश्नपत्र बाहिरिएको खुलासा


तिताेपाटी – सप्तरीमा जारी एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र आउट भएको छ ।

एसईई परीक्षामा सामेल भएका विद्यालयका प्रमुखहरुले एक दिन अगावै एसईई परीक्षाको प्रश्न पत्र सामाजिक संजाल मार्फत एक–अर्कालाई आदान प्रदान गरेको तथ्य फेला परेको छ । यस वर्षको एसईई परीक्षा अन्तर्गत विहीबार विज्ञान विषयको परीक्षा भैरहेको छ । तर, विज्ञान विषयको प्रश्न पत्र बुधबार राति नै आउट भएको र अर्कालाई सामाजिक संजाल मार्फत् शेयर गरेको पाइएको छ ।

श्रोतका अनुसार प्रश्न पत्र आउट गर्नका लागि जिल्ला शिक्षा समन्वय समितिदेखि शिक्षा क्षेत्रका माफिया र परीक्षा केन्द्रमा नै सैलग्न शिक्षकहरुको मिलोमतोमा आर्थिक चलखेल गरेर प्रश्नपत्र आउट भएको श्रोतले जनाएको छ ।

श्रोतका अनुसार एसईई परीक्षामा प्रत्यक्ष रुपमा संलग्न भएका नीजि विद्यालयका संचालकहरुबीच यो प्रश्न पत्र ह्वाट्स एप र इमोमा आदान प्रदान गर्ने गरेको तथा त्यसमा जिल्ला शिक्षा समन्वय समितिदेखि स्थानीय प्रहरी प्रसाशनको समेत मिलोमतो हुन सक्ने अनुमान गरिएको छ ।

शिक्षा समन्वयका एक जना कर्मचारीले नै सो प्रश्नपत्र आर्थिक चलखेल गरेर आउट गर्ने गरेको श्रोतको दाबी रहेको छ ।

श्रोतका अनुसार लाखौंको रकम चलखेल गरेपछि एक दिन अगावै यो प्रश्न बाहिर आएको हो । यसअघि पनि एक दिन अगावै प्रश्न पत्र बाहिर आइरहेको जानकारी आए पनि तथ्य फेला पर्न सकिरहेको थिएन ।

यस सम्बन्धमा जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी छवी खड्कासँग सोध्दा योे विषयमा आफूलाई केही जानकारी नभएको र के रहेछ भनी बुझ्न लागिरहेको प्रतिक्रिया दिँदै पन्छिन खोज्नुभयो ।

-उज्यालाे अनलाइनबाट साभार


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...