Friday 13th March 2026

नेपालले आज कुवेतसँग खेल्दै


तीतोपाटी- झण्डै १९ वर्षपछि नेपाली राष्ट्रिय फुटबल टिम यो सिजनको पहिलो मैत्रीपूर्ण खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ ।

कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको औपचारिक यात्रा सुरु गर्ने कालिनले कुवेत टिम राम्रो रहेको भए पनि आफू टिमका बारेमा पूर्ण रुपमा जानकार नभएको बताए । उनले नेपाली टिममा यसपटक युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टिममा परीक्षणकालमा जस्तै रहेको बताए ।

उनले राष्ट्रिय टिमका मुख्य ६ खेलाडी यू २३ प्रतियोगिताका लागि कतारमा गएकाले पनि टिमलाई दबाब हुने उनले बताए । तर पनि आफ्नो टिमले राम्रो खेलेर कुवेतलाई चुनौती दिने उनले बताए ।

नेपाल र कुवेत १९ वर्षपछि खेल्न लागेका हुन् । यसअघि सन् २००० मा भएको एएफसी एशिया कपका दौरान नेपालले कुवेतसँग खेल्दा पाँच शून्यले हार ब्यहोरेको थियो । तर त्यसपछि कुवेतको टिममा निकै हेरफेर भइसकेको छ ।

कुवेत फुटबल संघ तीन पटक फिफाको निलम्बनमा परिसकेको छ भने टिममा युवा भन्दा पनि अनुवभी र नेपाल भन्दा तलुनात्मक रुपमा पाका खेलाडीको बाहुल्यता धेरै रहेको छ । त्यसैले पनि नेपाली टिमका कप्तान विराट महर्जन पनि टिमलाई जित्नेमा विश्वस्त रहेको बताउँछन् ।

यता कुवेतका प्रशिक्षकले टिमले पछिल्लो ६ महिनादेखि प्रशिक्षणमा रहेको बताए पनि औपचारिक खेल खेल्न नपाएको बताएका छन् । कुवेतका खेलाडीमा फुटबल प्रतिको सम्मान भएकाले नै टिम राम्रो भएको उनले बताए । विश्वकप खेलिसकेको र एशिया कप जितीसकेको कुवेत फिफा बरीयतामा नेपाल भन्दा केही माथि नै रहेको छ । त्यसैले नेपालका लागि युवा खेलाडीको परीक्षणका रुपमा पनि लिइएको छ ।

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो गोल गरेको पनि कुवेतविरुद्ध नै हो । सन् १९८२ मा वाइबी घलेले कुवेतविरुद्धको गोल नै नेपालको पहिलो गोल हो । त्यसपछि नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन ।

साभार उज्यालो नेटवर्क


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...