Wednesday 17th June 2026

नेपाल “साफ महिला च्याम्पियनसिप” को फाइनलमा, श्रीलंकालाइ सजिलै हरायो


तितोपाटी – नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहिद रंगशालामा भएको पहिलाे सेमिफाइनलमा श्रीलंकालाई ४–० काे फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

नेपालकाे जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक गोल गरे। पहिलो हाफको अन्त्यतिर पुनम जर्घामगरको गोलमा नेपालले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल थप्यो।

७३ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै अग्रता दोब्बर पारिन्। विपक्षी गोलकपिरबाट रिबाउन्ड भएको बलमा अनिताले गोल गरेकी थिइन्। ८२ औं मिनेटमा सावित्रा भण्डारीले टोलीको अग्रता तेब्बर पारिन्। उनले अनिताको क्रसमा पेनाल्टी क्षेत्रभित्रबाट हेडरमा गोल गरेकी हुन्।

त्यस्तै रेखा पौडेलले ८६ औं मिनेटमा गोल गर्दै नेपालको अग्रतालाई ४–० मा पुर्याइन्। अनिताले प्रहार गरेको बललाई रोक्दै रेखाले गोल सुन्दर गरेकी थिइन्। रेखा ६५ औं मिनेटमा कप्तान निरु थापाको ठाउँमा मैदान प्रवेश गरेकी थिइन्। रेखाको सिनियर टोलीबाठ यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

नेपालले अब फाइनलमा दोस्रो सेमीफाइनलको विजेतासँग शनिबार खेल्नेछ। अर्को सेमिफाइनलमा भारत र बंगलादेश आज दिउँसो ३ बजे भिड्दैछन्।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...