Wednesday 1st April 2026

गाउँगाउँमा ‘जनसत्ता’ सरकार बनाउँदै विप्लव समूह


तिताेपाटी – सरकारबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दस वर्षे सशस्त्र द्वन्द्वकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’का रुपमा ‘जनसरका’ बनाउन थालेको छ । ‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव समूहले ‘जनसत्ता’ भन्दै गठन गरेका जनसरकारलाई राज्यसत्तालाई निगरानीको बलियो शत्तिलको रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

यो समाचार देवेन्द्र बस्नेतले नागरिकमा लेखेका छन् । जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै जनसकार गठन गरिएको जिल्ला जसरकार प्रमुख भगवानदास चौधरीले जानकारी दिए । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाई छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...