Saturday 17th January 2026

काठमाण्डौ आइरहेको विमान दुर्घटना हुनबाट केही सेकेण्डले मात्र जोगियो


तिताेपाटी – मुम्बईमा ठूलो हवाई दुर्घटना हुनबाट जोगिएको छ । गएको शुक्रबार अपरान्ह दुई अन्तर्राष्ट्रिय उडान खतरनाक रुपमा एकअर्कासँग ठोक्किनबाट केही सेकेण्डले जोगिएको हो ।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीबाट काठमाण्डौतर्फ आइरहेको इतिहाद एयरबस ३२० (इवाई २९०) विमान र भियतनामको हो ची मिन्ह सिटीबाट पेरिसतर्फ उडेको एयर फ्रान्स बोइङ ७७७ (एएफ २५३) ठोक्किनबाट बचेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘ती दुई विमान ५.५५६ किलोमिटरको फरकमा थिए । एयर फ्रान्स ३२ हजार फिट उचाइमा र इतिहाद विमान ३१ हजारको उचाइमा उडिरहेका थिए । तत्काल एयर ट्राफिक कन्ट्रोलरले इतिहाद विमानलाई ३३ हजारको उचाइ लिन निर्देशन दियो’ स्रोतले भनेको छ ।

यो घटनापछि मुम्बईका एयर ट्राफिक कन्ट्रोलरलाई हटाइएको र तत्काल अनुसन्धान थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

-उज्यालाे अनलाइन


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...