Wednesday 1st April 2026

बिश्वकर्मा समाजले गर्‍यो १०बिद्यार्थीलाई सहयोग


तिताेपाटी -बिश्वकर्मा समाज बौदीकाली-२डेढगाउँ नवलपुरले बिधालय स्तरमा अध्यनरत १०जना बिद्यार्थीलाई शैक्षिक सहयोग सामाग्री बितरण गरेकोछ । समाजका अध्यक्ष बिर बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बौदीकाली गाउँपालिका वार्डन.२ का वडाध्यक्ष बाल प्रसाद ठाडाले बोल्दै स्थापनाको छोटो समयमै बिश्वकर्मा समाजले गरेको उदाहरणिय सामाजिकको कामको प्रसंशा गर्दै समाजका लागि आफुले सस्थागतरुपमा सहयोग गर्ने प्रतिवद्वता गर्नुभयो ।

कार्यक्रममा बौदीकाली-२दलित महिला सदस्य भुलमाया बिश्वकर्मा,बालबालिकाको साथी नेपालका अध्यक्ष दिपेन्द्र बिक,बुङ्दीकाली सामुदायिक विद्युतिकरण सहकारी संस्थाका अध्यक्ष पदम बहादुर बिश्वकर्मा,सहयोग प्राप्त गर्ने बिद्यार्थी रेजिना बिकले बोल्दै बिश्वकर्मा समाजले बिधालय स्तरमा अध्यनरत बिद्यार्थीलाई गरेको सहयोग उदाहरणिय रहेको बताउनुभयो ।

वडाकार्यलय डेढगाउँमा भएको कार्यक्रममा बिदेश बिभाग संयोजक छबिराम सुनारको आर्थिक सहयोगमा डेढगाउँमा रहेका बिश्वकर्मा समुदायका १० बिद्यार्थीलाई शैक्षिक स्टेसनरी र नगद प्रदान गरिएको थियो। गत कार्तिक महिनामा डेढगाउँका बिश्वकर्मा समुदायका सामाजिक अगुवा र युवाहरुको सक्रियतामा स्थापित बिश्वकर्मा समाजमा हाल कार्यसमिति सहित ४उपसमिति र छबिराम सुनारको संयोजकत्वमा ७ वटा देशमा समेत संयोजकको जिम्मेवारी दिई समिति बिस्तारका लागि अघि बढेको छ ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...