Sunday 4th October 2026

लुम्बिनी मेगा म्युजिक धमाकाको लागि अतिथि कलाकारहरु आज कुबेत आउदै


तिताेपाटी – लुम्बिनी समाज नेपाल कुबेतको आयोजनामा भोलि शुक्रबार हुन् गईरहेको “लुम्बिनी मेगा म्युजिक सो २०१९” को लागि नेपालबाट आउने अतिथि कलाकारहरु आज कुबेत आईपुग्ने समाजका उपाध्यक्ष एबम कार्यक्रम संयोजक रमेश पाल्पालीले जानकारी गराएका छन ।

लुम्बिनी समाजले पहिलो पटक आयोजना गर्न लागेको बिशेष साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक पुस्पन प्रधान, नेपाल आइडल प्रतिस्पर्धी अमित बराल र लोक दोहोरी गायिका सान्ता परियार आज दिनको ठिक ४ बजे कुबेत आईपुग्ने छन। अथिति कलाकारहरुको  भब्य स्वागतका लागि सम्पूर्ण कुवेतमा कृयाशिल नेपाली संघ सस्थाका प्रतिनिधिहरु,  समाजसेवी, बुद्दिजिबी, पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपालीहरुलाई कुबेत बिमान स्थलमा उपस्थित भईदिनु हुन् समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले बिशेष अनुरोध गरेका छन ।

लुम्बिनी समाज नेपाल कुबेतले भोलि शुक्रबार गर्न लागेको लुम्बिनी मेगा म्युजिक सो २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

भोलि कार्यक्रम हुने स्थान  र समय

स्थान:- Nottingham British School , जिलिब  

समय:- मध्यान्ह  १२  बजे

मिति:- शुक्रबार १५  मार्च २०१९


सम्बन्धित शीर्षकहरु

फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक…

जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९…

स्पेनका विभिन्न सहरमा हजारौं मानिसले घरभाडा महँगो भएको र मानिसहरूलाई घरबाट निकाल्ने क्रम बढेको भन्दै प्रदर्शन गरेका छन्। सरकारले भाडामा…

प्रतिकृयाहरू
...