Friday 16th January 2026

नीरमाया चेमजोङको हत्यामा संलग्न एक पक्राउ


तिताेपाटी – महानगरीय अपराध महाशाखा  टाेलीले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौंका ३७ वर्षीय प्रकाश थापामगरलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले थापामगर र चेमजोङबीच विगत दुई-तीन वर्षदेखि चिनजान हुँदै आएको थियाे । उनीहरू एकअर्काको कोठामा आवतजावत गर्दा सोमबार राति विवाद भएपछि मगरले लात्तीले हानेर बेहोस हुँदा मृत्यु भएको अनुसन्धानमा खुलेको उपरीक्षक थापामगरले बताए ।

घटनामा संलग्न मगरलाई महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ ।

-रासस


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...