Sunday 8th March 2026

बिश्वकर्मा समाज नेपाल कुवेतद्धारा दुबै मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण 


तितोपाटी  – बिश्वकर्मा समाज नेपाल कुवेतले गुल्मी जिल्ला चन्द्रकोट गा.बि.स वाड न. ७ रुपाकोट स्थायी घर भएका दुबै मृगौला पीडित गोपाल बिश्वकर्मा लाई ५२ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

केही समय पहिले देखि गोपालको दुबै मृगौला फेल भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारमा समस्या भएको छ । बिश्वकर्मा समाज नेपाल कुवेतले उनको उपचारको लागि केही समयको लागि छुट्टी लिएर नेपाल गएका  बिश्वकर्मा समाजका संरक्षक तथा  सस्थापक शिव घमाल बिश्वकर्मा, वरिष्ठ  सल्लाहकार गम बहादुर बिश्वकर्मा, सल्लाहकार ओमप्रकाश बिश्वकर्मा र बुटवल देबिनगर बिजयपथ साझा टोल बिकास सस्थाका अध्यक्ष लिला बहादुर बिश्वकर्माले पीडितको घरमा पुगेर  आर्थिक सहयोग गरेका हुन ।

“बिश्वकर्मा समाज एक हौ कला, सीप र पहिचानको संरक्षण गरौं” भन्ने मूल नाराका साथ कुवेतको नगरिमा स्थापन भएको समाजले विभिन्न किसिमका दुखी, गरिब र असहायहरुलाई सहयोग गर्दै आएको छ । समाजले आउदा दिनहरुमा पनि निरन्तर रूपमा दुखी, गरिब, असहाय र कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्यमा अग्रसर हुने पनि बताएका छन । साथै कुवेतमा कृयाशिल विभिन्न  सामाजिक संघ- संस्थाहरूसँग कार्यगत एकता, समन्वय, सहयोग, हातेमालो, आपसीहितका लागि  निरन्तरता दिने समाजका अध्यक्ष हितकाजी बिश्वकर्माले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...