Friday 16th January 2026

बिश्वकर्मा समाज नेपाल कुवेतद्धारा दुबै मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण 


तितोपाटी  – बिश्वकर्मा समाज नेपाल कुवेतले गुल्मी जिल्ला चन्द्रकोट गा.बि.स वाड न. ७ रुपाकोट स्थायी घर भएका दुबै मृगौला पीडित गोपाल बिश्वकर्मा लाई ५२ हजार नेपाली रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

केही समय पहिले देखि गोपालको दुबै मृगौला फेल भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले उनको उपचारमा समस्या भएको छ । बिश्वकर्मा समाज नेपाल कुवेतले उनको उपचारको लागि केही समयको लागि छुट्टी लिएर नेपाल गएका  बिश्वकर्मा समाजका संरक्षक तथा  सस्थापक शिव घमाल बिश्वकर्मा, वरिष्ठ  सल्लाहकार गम बहादुर बिश्वकर्मा, सल्लाहकार ओमप्रकाश बिश्वकर्मा र बुटवल देबिनगर बिजयपथ साझा टोल बिकास सस्थाका अध्यक्ष लिला बहादुर बिश्वकर्माले पीडितको घरमा पुगेर  आर्थिक सहयोग गरेका हुन ।

“बिश्वकर्मा समाज एक हौ कला, सीप र पहिचानको संरक्षण गरौं” भन्ने मूल नाराका साथ कुवेतको नगरिमा स्थापन भएको समाजले विभिन्न किसिमका दुखी, गरिब र असहायहरुलाई सहयोग गर्दै आएको छ । समाजले आउदा दिनहरुमा पनि निरन्तर रूपमा दुखी, गरिब, असहाय र कुवेतमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्यमा अग्रसर हुने पनि बताएका छन । साथै कुवेतमा कृयाशिल विभिन्न  सामाजिक संघ- संस्थाहरूसँग कार्यगत एकता, समन्वय, सहयोग, हातेमालो, आपसीहितका लागि  निरन्तरता दिने समाजका अध्यक्ष हितकाजी बिश्वकर्माले बताएका छन ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...