Friday 16th January 2026

निर्मला हत्या प्रकरण : यातना दिएकाे र प्रमाण मेटाएकाे आरोपमा ६ प्रहरी हिरासतमा, प्रारम्भिक बयान सकियो


तिताेपाटी — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा यातना दिएकाे र प्रमाण नष्ट गरेकाे आरोपमा प्रहरी कर्मचारीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ । मुद्दा दायरसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार मुद्दा जिल्ला अदालतमा पेश गरेपछि आरोपितहरुलाई उपस्थित गराएर हिरासतमा राखिएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए।

उनका अनुसार मुद्दा दायर भएसँगै अदालतमा उपस्थित भएका ६ जनालाई प्रहरी हिरासतमा राखिएको छ। ‘आजदेखि थुनछेक बहस सुरु भएको छ,’ उनले भने, ‘त्यतिबेलासम्म सबै प्रहरी हिरासतमै हुन्छन्।’

उनका अनुसार यातना र प्रमाण मेटाउने आरोप लागेका तत्कालीन एसपी डिल्लीराज बिष्ट र निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएनन्। यातना दिएको आरोपमा बिष्टसँगै निलम्बित डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेठी तथा प्रहरी निरीक्षक एकिन्द्र खड्काविरुद्ध मुद्दा दर्ता भएको थियो। प्रमाण मेटाएको आरोपमा यातनामा जोडिएका ४ सहित थप ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।

निलम्बित डिएसपी सेठी, प्रहरी निरीक्षकबाट बर्खास्त गरिएका जगदीश भट्ट, निलम्बित प्रहरी निरीक्षक एकिन्द्र खड्का, सई रामसिंह धामी, सई हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउद अदालतमा उपस्थित भएका हुन्। उनीहरुलाई प्रहरी हिरासतमा राखिएको छ।

श्रेष्तेदार अवस्थीले ६ जनाको प्रारम्भिका बयान सकिएको बताए । उनले भने, ‘अब सुनुवाइको प्रक्रिया सुरु हुनेछ ।’

पुस ३ गते तत्कालीन एसपी बिष्टसहित ४ जनाका नाममा यातना कसुर र४ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो। निर्मला घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिप बिष्टका दाजु खडकले यातना कसुर र निर्मलाकी आमा दुर्गाले प्रमाण नष्ट गरेको भन्दै जाहेरी दिएकी थिइन्।
– कान्तिपुर

सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...