Saturday 16th November 2024

लघु कथा -चार सर्को


बालकृष्ण गजुरेल – चमेली सम्भ्रान्त परिवारको युवती हुन् । बाबू मन्त्रालयको अधिकृत र  अामा एन जि अो को डाइरेक्टर । अाफ्नो छोरीका हरेक चाहना पुर्ति गरेका छन् उनका बा अामाले । चमेली खुशिमा बढेर हो कि देख्दै खाइलाग्दी । सुन्दर चेहरा , बारुली कम्मर , ठुला-ठूला अाँखा अादी इत्यादि । बयान गरेर साध्य छैन । कमर्सियल मोडल फ्लप हुन्छन् उनको अगाडि । उनका फ्यान कति कति । चाहने युवक कति कति । १७ बर्षमै स्नातक तेस्रो बर्षमा अध्यन गर्थिन् । पढाइमा तेस्तै अब्बल ।

अरु जस्तै उनी पनि सोसल साइडबाट अछुत हुन सकिनन् । फेसबुक खोलिन् । नयाँ फ्राइण्ड रिक्वेष्ट अाएको रहेछ । तस्बिर हेरिन् , ह्यण्सम लाग्यो । फ्राइण्ड एसेप्ट गरिन् । एसेप्ट गर्ने बित्तिकै च्याट शुरु….।
– “सञ्चै हो?”
– ” सञ्चै छु ।”
– ” कति राम्री हो परि जस्ति ।”
– “धन्यवाद ! हजुर पनि सुन्दर हुनुहुन्छ ।”
– “कसम ! हाम्री अामाले यस्तो बुहारी पाउँदा भाग्यमानी हुन्छिन् ।”
– ” अति नभन न । भेट्न पाएको छैन , एकै पटक बुहारीको कुरा । अाउट अफ कन्टेक्स । ”
– ” ठिकै छ त बुहारी नभनौला । भेट्दैमा के जान्छ र? अाज शिव रात्री के छ योजना ? पशुपति जानी हो ? ”
– ” खोइ? ड्याडी ममिले गाली गर्नु हुन्छ ।”
– ” मन्दिर जाँदा किन गाली गर्नु नि? “

शुरुमा शुन्तलीले मानिन । १७ बर्षको युवती त्यसमाथी बिपरित लिंगीको अाकर्षण । कौतुहलता बढ्यो । भेट्ने रहर बढ्यो । पशुपति जान बा अामाको अनुमति लिएर घरबाट हिँडिन् । चाबहिलमा भेट्ने योजना अनुसार गाडी चढेर चावहिल झरिन् । पिपल बोट मुनि उभिरहिन् । “हेलो सुन्तु ! फेसबुकमा भन्दा वास्तविक सुन्दर रहिछौ । म राम । ” उक्त युवक बोल्यो । “धेरै मख्ख नपार । मख्खन धेरै नलगाउ क्या । तिमी पनि ह्याण्सम छौ ।” सुन्तलिले भनिन् । बोलिचाली शुरु…..। एक अापसमा हात मिलाए । ” पशुपति नाथको दर्शन गर्न सकिँदैन । बरु यो बाटो पूरा घुमेर गुह्येश्वरी निस्कम् ।” रामले अनुरोध चडायो । ” हुन्छ -हुन्छ । ” सुन्तलीले टाउको हल्लाउँदै अनुरोध स्विकारिन् ।

चाबहिलबाट अोरालो झरेर अार्यघाट पुगे । अार्यघाट बाट बाग्मतीको किनार हुँदै भिड छलेर पशुपति नाथ मन्दिरको ठिक पारि पट्टि पुगे । हिँड्दा – हिँड्दा थकाइ लागेकोले सुन्तलीले अनुरोध गरिन् – “एक छिन बसम् न! धेरै हिँडियो । कस्तो खुट्टा दुख्यो के । रामले बस्ने ठाउँ देखाउँदै भन्यो- “उ त्यहाँ बस्ने ठाउँ रहेछ त्यहाँ बसम् ।” केही सिँडी चढेर दुबै जना बसे । दुबैले एक अर्काको तारिफ गरे । गफ चल्दै गयो …..। वरिपरि सबै शिवरात्रीको प्रसाद भन्दै गाँजा तानिरहेका । “हेर न! अाज गाँजा तान्नु पर्छ रे ! शिवको प्रसाद रे ! भगवान शिवलाई खुशी पार्न अाजको दिन गाँजा खायो भने शिव खुशी भएर मनले चाहेको वर दिन्छन् रे ।” रामले फकाउन थाल्यो । ” ह्या ! नचाहिने कुरा ।” सुन्तली बम्किन् । धेरै पटक अनुरोध पछी ……. उनले अाग्रह मानिन् । रामले गाँजा ल्यायो । उसले पहिला चार सर्को तान्यो । त्यसपछि सुन्तलीलाई दियो । उनले चार सर्को तानीन् । सुन्तलीलाइ घुमाउन थाल्यो । त्यस पछि थाहा भएन ।

निन्द्रा खोल्दा अाफुलाइ होटलको बेडमा एक्लै पाइन् । सबै कपडा खोलिएकि …..निर्बस्त्र । एकछिन त सपना जस्तो लाग्यो । अाफ्नै तिघ्रामा चिमोटिन् । विपना नै भन्ने भो । पसिना नै पसिना भइन् । धेरै बेर रोइन् । उनका अंग प्रत्यंग पहिलाको जस्ता थिएनन् । लुगा तानेर लगाइन् । लौ ! अाइफोन् गायब । झन् पिर थपियो ।


सम्बन्धित शीर्षकहरु

मराब: लेबनानको सबैभन्दा ठूलो क्रिश्चियन पार्टीका प्रमुखले इरान समर्थित हिजबुल्लाहले इजरायलसँगको वर्षौं लामो युद्ध अन्त्य गर्न र लेबनानलाई थप मृत्यु…

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हिन्दूहरूको मुद्दालाई आवाज उठाउने एक पूर्व डेमोक्रेटिक नेतालाई महत्त्वपूर्ण पदका लागि चयन गरेका छन्।…

बंगलादेशका महान्यायाधिवक्ताले संविधानबाट धर्मनिरपेक्ष शब्द हटाउन सुझाव दिनुभयो, कारण के थियो ? बंगलादेशका महान्यायाधिवक्ता मोहम्मद असदुज्जमानले देशको संविधानबाट 'धर्मनिरपेक्ष' र…

प्रतिकृयाहरू
...