Thursday 8th October 2026

मृत्युदण्डबाट बचाउनको लागि कुवेतबाट ४६ हजार भन्दा बढी आर्थिक सहयोग


तितोपाटी – कुवेतको साफा नेशनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुबाट नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम गदल र इन्द्र चौधरीको संयोजकत्वमा संकलन गरिएको ४६,१०५ रुपैयाँ आर्थिक सहयोग साउदी अरेबियामा मृत्युदण्ड सुनाइएको जलेश्वर चौधरीलाई बचाउनको लागि बहराइन एक्सचेञ्ज कम्पनी मार्फत उशल चौधरीको नाम पठाइएको छ ।

चितवन जिल्ला खैरहनी नगरपालिका १० गोठौली स्थाइ घर भएका सुकराम महतोको छोरा वर्ष २६ का जलेश्वर चौधरी वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्ष पहिले साउदी अरेबिया पुगेका थिए । साउदी अरेबियामा गाडीको ड्राइभर काम गर्ने क्रममा कारले पछाडी बाट ठक्कर दिई कार ड्राइभरको मृत्यु भएको हुँदा उनलाई साउदीको कानुन अनुसार नेपाली ४५ लाख   रुपैयाँ ब्लडमनी तिर्नु पर्ने भएको छ । यदि त्यो रकम तिर्न नसके उनलाई  मृत्युदण्ड हुने भएको छ ।

उनको घरको आर्थिक अवस्था अत्यन्त न्यून भएकोले उक्त रकम भुक्तान गर्न पनि धेरै कठिन भएको छ । उनलाई मृत्युदण्डबाट बचाउनको लागि देश तथा बिदेशमा आर्थिक संकलनको लागि अभियान चलिरहेको छ । उनको जीवन रक्षाका लागि उनका पिताले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपालीहरु लाई सक्दो आर्थिक सहयोगको लागि अनुरोध गरेका छन ।
सम्पर्कको लागि :
खातावालाको नाम : सुकराम महतो
खाता न. : ०३००६६४५६०००१३
सम्पर्क न. : +९७७९८०७२९३२३७


सम्बन्धित शीर्षकहरु

भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकर को ७५ वर्षको उमेरमा निधन भएको छ। परिवारका अनुसार उनलाई गोवास्थित आफ्नै घरमा अचेत…

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा फेरि तनाव बढेको छ। स्थानीय बासिन्दाहरूका अनुसार इरिट्रियाली सैनिकहरू सीमा पार गरेर टिग्रे क्षेत्रभित्र प्रवेश गरेका…

अमेरिकामा मृत्युदण्ड पाएकी क्रिस्टा पाइक नामकी महिला असफल मृत्युदण्ड प्रयासपछि अस्पतालमा होसमा आएकी छन्। उनका वकिलका अनुसार होस खुल्दा उनी…

प्रतिकृयाहरू
...