Wednesday 1st April 2026

प्रवासी नेपाली एकता मंच ओमानले मनायो २४ औं जनयुद्ध दिवस


तितोपाटी – फागुन १ लाई जनयुद्ध दिवस मनाउदै आएको पुर्व माओवादी हालको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पार्टी एकीकरण पछि पनि जनयुद्ध दिवस मनाउने निर्णय गरे संगै नेकपा निकट प्रवासमा रहेका भातृ संगठनले छुट्टीको समय मिलाएर २४ औं  जनयुद्ध दिवस मनाउने गरेका छन । बिक्रम संबत २०५२ फागुन बाट तत्कालीन नेकपा माओवादीले शुरु गरेको जनयुद्धले नेपाली जनता बिच एउटा बैचारिक संदेश संप्रेषण गर्यो । जसले गर्दा सबै जात -जाति, र भाषा- भाषी अनि वर्गिय बिभेदका पर्खालहरू तोडेर आफ्नो अधिकार र सिङ्गो राष्ट्रको लागि लड्ने एउटा हौसला प्रदान गर्दै अगाडि बढ्यो । जसको परिवर्तन अहिलेको गणतन्त्र नेपालको स्थापन भएको छ ।

त्यही गणतन्त्र ल्याउने प्रमुख भुमिका खेल्ने माओवादी जनयुद्धलाई अहिले पनि जनयुद्ध दिवस मनाउने गरिन्छ । जनयुद्ध दिवस मनाउने क्रम अलि ढिला गरि भए पनि नेपाली एकता मञ्च ओमनले भब्यरुपमा २४ औं जनयुद्ध दिवस २०१९- फेब्रुअरी २२ तारिख शुक्रबार बिदाको दिन पारेर २४औं जनयुद्ध दिवस मनाएको छ। रूस्ताख नख्खलका ओमानको स्थानहरू अवलोकन भ्रमण सहित सम्पन्न कार्यक्रममा जनयुद्ध दिवसको मनाएको हो ।

जनयुद्धमा ज्यान गुमाउन पुगेका शहीदहरूको सम्झनामा दु:ख श्रद्धा र घाइते, अपाङ्ग , बेपत्ता र शहीद परिवारको सम्मान गर्दै कार्यक्रम शुरूवात भएको थियो । लैङ्गिक , जातिय ,क्षेत्रिय मुख्यतया वर्गिय विभेद रहित समान अवसरको लागि जनवादी सत्ता ” को लागि बन्दुक ऊठाएको माओवादी युद्ध २०६२/६३ को जन आन्दोलन पश्चात “संघिय लोकतान्त्रीक गणतन्त्र नेपाल” मा समाहित भएको थियो । यस उपलब्धी संगै देशमा जारी जन युद्धको शान्ति पूर्ण अवतरण गरिएको थियो ।

हजारौं नेपाली आमाका संततिको बलिदान र तत्कालीन पुर्व नेकपा एमाले, नेपाली कांग्रेस लगायतका सात दलको शान्ति पुर्ण जनआन्दोलनको बल र सहमतिको आधारमा सामन्तवादको प्रतिक २५० बर्ष पुरानो शाहबंशिय राजतन्त्र लाई फाल्न सफल हुँदै नयाँ संविधान निर्माण गर्दै आज कम्युनिष्ट पार्टीको दुई तिहाई जनमतको प्रजातान्त्रिक सरकार गठन भएको छ । देश समाजबाद ऊन्मुख हुँदै अघि बढेको छ ।
यो परिवर्तन जनयुद्ध र प्रजातान्त्रिक आन्दोलनको बलमा भएको हुँदा जनयुद्धलाई परिवर्तनको प्रमुख बाहकको रुपमा लिईन्छ । आज जुन संघीय गणतन्त्र नेपाल भएको छ । हजारौं सहिद, घाइते,अपांग, राजनीतिक नेतृत्वको देन हो । त्यसैले जनयुद्ध दिवस मनाउन अत्यन्तै महत्त्वपूर्ण रहेको पुर्व जनप्रगतिशिल मञ्चका अध्यक्ष हाल प्रवासी नेपाली एकता मञ्चका कार्यदल सदस्य उमेश विश्वकर्मा, पुर्व प्रवासी नेपाली मञ्च अध्यक्ष हाल प्रवासी नेपाली एकता मञ्चका कार्यदल सदस्य सोम कृष्ण श्रेष्ठले बताउनु भयो ।

जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता उमेश बि-क र महेश न्यौपानेको संचालनमा सुरू भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य भूपेन्द्र बाब्लिले राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि एन आर एन ए का सचिव डि-बि क्षेत्री बिशेष अतिथि ओ एन एफ का गिरमान शाह अतिथिहरू नेपाल तामाङ समाज ओमानका अध्यक्ष तेज बहादुर तामाङ, दलित एकता संजाल ओमानका अध्यक्ष सुरेश बराईलि, पत्रकार रिता शर्मा, पाल्पाली समाज ओमानका अध्यक्ष राजु अधिकारी अन्तर्राष्ट्रिय साहित्य समाजका सचिव तथा कलाकार अनुप पाण्डे लगायतका ब्याक्तित्व हरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मञ्चले ओमनमा भैपरि आउने समस्याको लागि सहयोग पुर्‍याउने उदेश्यले ” राहत कोष ” को गठन गरेको छ । उक्त रकम अप्ठ्यारोमा परेका नेपालीहरूको सहयोगार्थ खर्च गरिने कार्यक्रम अध्यक्ष उमेश विश्वकर्मा बताए ।


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...