Wednesday 14th January 2026

ब्राजिलको एक फुटबल क्लबको कार्यलयमा आगलागी हुँदा जलेर १० खेलाडीको मृत्यु


तितोपाटी – ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

मृत्यु भएकामा १४ देखि १७ वर्ष उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ। रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो।

विश्व प्रसिद्ध फुटबलर पेलेको देश ब्राजिलका अधिकांश युवा फुटबल खेल प्रति रूचि राख्दछन् । ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल हो भने यस टिमले पाँच पटक विश्वकप जित्न सफल भएको छ।।जसले १९५८,१९६२,१९७०,१९९४,२००२ गरि पाँचपटक विश्वकप जितेको हो ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...