Friday 13th March 2026

ब्राजिलको एक फुटबल क्लबको कार्यलयमा आगलागी हुँदा जलेर १० खेलाडीको मृत्यु


तितोपाटी – ब्राजिलको लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ। क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

मृत्यु भएकामा १४ देखि १७ वर्ष उमेर समूहका खेलाडी रहेका छन्। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ। रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो।

विश्व प्रसिद्ध फुटबलर पेलेको देश ब्राजिलका अधिकांश युवा फुटबल खेल प्रति रूचि राख्दछन् । ब्राजिल राष्ट्रिय फुटबल टीम लफिफा विश्वकपको सबैभन्दा सफल हो भने यस टिमले पाँच पटक विश्वकप जित्न सफल भएको छ।।जसले १९५८,१९६२,१९७०,१९९४,२००२ गरि पाँचपटक विश्वकप जितेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानले हाल चलिरहेको युद्धको क्रममा इजरायलमाथि क्लस्टर हतियार भएको क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ। इजरायली अधिकारीहरू र The New…

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

प्रतिकृयाहरू
...