Friday 16th January 2026

सिन्धुलीको फिकलमा जिप दुर्घटना, ५ जनाको मृत्यु


तिताेपाटी– सिन्धुलीको फिकल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

फिकलबाट सिन्धुलीमाडी तर्फ जाँदै गरेको बा. १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए ।

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको एसपी सिंहले बताए ।

-राताेपाटी

 


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...