Monday 22nd December 2025

मालीमा शान्तिसेनामाथि नै आक्रमण, १० जनाको मृत्यु


तितोपाटी – बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायित्व अभियानले गरेको छ ।

‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,’ राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । यो आक्रमणको जिम्मा अलकायदा अन्तर्गतको इस्लामिक मघेर्ब समूहले लिएको छ । उनले इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चाडको भ्रमण गरेको विरोधमा शान्ति सेनामाथि आक्रमण गरिएको जिकिर गरेका छन् ।

सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ । एएफपी


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...