Sunday 15th March 2026

मालीमा शान्तिसेनामाथि नै आक्रमण, १० जनाको मृत्यु


तितोपाटी – बन्दूकधारीको एक समूहले मालीस्थित संयुक्त राष्ट्रसंघको सैनिक शिविरमा आइतबार आक्रमण गर्दा कम्तिमा १० जना शान्ति सेना मारिएका छन् । यो आक्रमणको पुष्टि मालीका लागि राष्ट्रसंघीय बहुआयामिक एकिकृत स्थायित्व अभियानले गरेको छ ।

‘पछिल्लो तथ्याङ्क अनुसार आक्रमणबाट १० जना शान्ति योद्धाको निधन भएको छ भने २५ जना घाइते भएका छन्,’ राष्ट्रसंघ शान्ति सेना स्रोतले जनाएको छ । उक्त घटनामा केही आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

आइतबार विहानै भएको आक्रमण मालीको किडालबाट करिब २ सय किलोमिटर उत्तरी क्षेत्रमा रहेको आगुलहोक शिविरमा भएको हो । यो आक्रमणको जिम्मा अलकायदा अन्तर्गतको इस्लामिक मघेर्ब समूहले लिएको छ । उनले इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चाडको भ्रमण गरेको विरोधमा शान्ति सेनामाथि आक्रमण गरिएको जिकिर गरेका छन् ।

सन् २०१२ मा मालीको पूर्वी क्षेत्रलाई इश्लामिक लडाकूले नियन्त्रणमा लिएपछि राष्ट्रसंघको पहलमा शान्ति स्थापनार्थ करिब १३ हजार अन्तर्राष्ट्रिय सेनालाई खटाइएको छ । एएफपी


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...