Sunday 12th April 2026

चितवनकी १६ वर्षीया चेपाङ किशोरी बजारबाट घर फर्किंदै गर्दा बाटैमा बलात्कृत


तितोपाटी – चितवनकी एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा अाज बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६ गते धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले जंगलको बाटो हिँडिरहेको मौका छोपेर दुईमध्ये १६ वर्षीया किशोरीलाई कब्जामा लिएका थिए ।

ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए । १० वर्षीया बालिकाले घर गएर घटनाबारे बताएपछि मितेरी फाउन्डेसन, स्थानीयबासी र प्रहरीको टोलीले दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा बलात्कृत किशोरीलाई फेला पारेको थियो ।

मितेरी फाउन्डेसनका अध्यक्ष सिलवालका अनुसार बलात्कृत १६ वर्षीया किशोरी विक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।

पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनःस्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी पक्रेर हदैसम्मको कानुनी सजाय गर्न मितेरी फाउन्डेसनले सरकारसँग माग गरेको छ ।

चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि मितेरी फाउन्डेसनको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् । उनीहरू सबै हाल विद्यालयले दिएको जाडो विदामा घर आएका छन् ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...