Monday 19th January 2026

चितवनकी १६ वर्षीया चेपाङ किशोरी बजारबाट घर फर्किंदै गर्दा बाटैमा बलात्कृत


तितोपाटी – चितवनकी एक चेपाङ किशोरी दिउँसै बलात्कृत भएकी छन् । आइतबार धादिङको गोठी बजारमा किनमेल गरेर फर्किंदै गर्दा १६ वर्षीया चेपाङ किशोरी बलात्कृत भएकी हुन् । चेपाङ बालबालिकाको क्षेत्रमा क्रियाशिल मितेरी फाउन्डेसन र प्रहरीको सहयोगमा अाज बिहानपख २ बजेतिर किशोरीलाई उद्धार गरी चितवनको भरतपुर अस्पतालमा उपचारको लागि ल्याइएको छ ।

मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवालका अनुसार माघ ६ गते धादिङको गोठी बजारमा घरायसी सामान किनमेल गरेर १६ वर्षीया र १० वर्षीया चेपाङ बालिकाहरु घर फर्किँदै थिए । दिउँसो घर फर्किंदा पिछा गर्दै आएका एक अपरिचित युवकले जंगलको बाटो हिँडिरहेको मौका छोपेर दुईमध्ये १६ वर्षीया किशोरीलाई कब्जामा लिएका थिए ।

ती युवकले १० वर्षीया बालिकालाई लठ्ठीले टाउकोमा हान्दै लखेटेर १६ वर्षीया किशोरीलाई नियन्त्रणमा लिई बलात्कार गरेका थिए । १० वर्षीया बालिकाले घर गएर घटनाबारे बताएपछि मितेरी फाउन्डेसन, स्थानीयबासी र प्रहरीको टोलीले दिउँसो साढे दुई बजेतिर गम्भीर घाइते भई बोल्न नसक्ने अवस्थामा बलात्कृत किशोरीलाई फेला पारेको थियो ।

मितेरी फाउन्डेसनका अध्यक्ष सिलवालका अनुसार बलात्कृत १६ वर्षीया किशोरी विक्षिप्त अवस्थामा छिन् भने अर्की बालिकाको एउटा हात नचल्ने अवस्थामा छ ।

पीडित बालिकाहरूको सम्पूर्ण उपचारका साथै उनीहरूको न्यायिक पुनःस्थापनाको व्यवस्था गर्न र अपराधीको अविलम्ब पहिचान गरी पक्रेर हदैसम्मको कानुनी सजाय गर्न मितेरी फाउन्डेसनले सरकारसँग माग गरेको छ ।

चितवनको दुर्गम पहाडी क्षेत्रमा बसोबास गर्ने अति विपन्न चेपाङ जातिका १३ बालिकाहरू केही वर्षदेखि मितेरी फाउन्डेसनको पहलमा काठमाडौंको एक परोपकारी छात्रावासमा बसेर अध्ययन गर्दै आएका छन् । उनीहरू सबै हाल विद्यालयले दिएको जाडो विदामा घर आएका छन् ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि उमेद्वार बन्ने भए सँगै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट…

तितोपाटी- पाल्पा जेसीजको अध्यक्षमा महेश खनाल चयन भएका छन। जेसीजको ४६औं जिल्ला अधिवेशनले वर्ष २०२६ का लागि खनालको अध्यक्षतामा सर्वसहमत…

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र झापा…

प्रतिकृयाहरू
...