Thursday 6th November 2025

मेक्सिकोमा तेलको पाइपलाइन बिष्फोट हुँदा ७३ जनाको मृत्यु


तितोपाटी – मेक्सिकोको मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको छ । घाइते भएर अस्पतालमा उपचार गराइरहेका मध्ये थप केहीको मृत्यु भएकाले मृत्यु हुनेको संख्या बढेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा तेल पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल निकाल्ने क्रममा भएको विस्फोटमा परी स्थानीयबासीको मृत्यु भएको हो ।

श्रव्य दृश्यमा तेल केही मिटर माथिसम्म हावामा फोहोराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समय आगलागी हुँदा पाइप विस्फोट भएको थियो । अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ ।

मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मानुयल लोपेज ओब्राडोरले घटनाप्रति दुःख व्यक्त गरेका छन्।

# International new from Kuwait


सम्बन्धित शीर्षकहरु

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

सेबु: मंगलबार मध्य फिलिपिन्सको कालमेगी आँधीले ल्याएको वर्षाले ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।…

प्रतिकृयाहरू
...