Friday 3rd April 2026

दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पतीलाइ “दर्शन अभिनन्दन” सहित विदाइ


तितोपाटी –  दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ।

राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक सम्हाल्दै कुटनीतिक सम्बन्धलाई सुदृढ गर्दै नेपालको पर्यटन प्रवर्धन र विकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरुसंग सहकार्य गर्दै समस्या सुल्झाउन, पीडितको उद्दारमा देखाउनु भएको सक्रियता एवं आम कुवेतबासी नेपालीहरुको भलाई र हितको लागि दूतावासबाट खेलिएका सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिनन्दन “ गरिएको हो ।

त्यसैगरि राजदूत धर्मपत्नी रिता हमाललाई प्रथम नेपाली महिलाको रुपमा कुवेतमा आई कुटनीतिक मयार्दालाई उच्च बनाउदै नेपालको पर्यटन प्रवर्धनको लागि कुटनीतिक नियोग र बिभिन्न मुलुकका महिलाहरु बीच अन्तराष्ट्रिय स्तरको नेपाली कला संस्कृति झल्काउने कार्यक्रम गर्नुको साथै नेपाली कला, भाषा, संस्कृति, परम्परा र साहित्यको विकासमा पुर्याउनु भएको सहयोग र नेपाली समाजसंग खेल्नु भएको सकारात्मक भूमिकाको उच्च मुल्याङ्गकन गर्दै “दर्शन अभिन्न्दन “ गरिएको समाजले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...