Wednesday 30th July 2025

चीन र रूसलाई टक्कर दिन अमेरिकाले नयाँ मिसाइल प्रणाली ल्यायो


तितोपाटी – संयुक्त राज्य अमेरिकाले चीन र रसिया जस्ता देशहरुबाट आउन सक्ने सम्भाव्य चुनौतीको सामना गर्न नयाँ मिसाइल प्रतिरक्षा नीति अघि सारेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विहिबार सार्वजनिक गरेको प्रतिवेदनमा रसिया र चीनले निर्माण गरेका शक्तिशाली मिसाइल प्रणालीलाई चुनौति दिन अमेरिकालाई नयाँ मिसाइल नीति आवश्यक परेको जनाइएको छ। दुबै देशहरुले समुद्री र हवाई मिसाइलको विकास गर्नुका साथै क्युरिसियस मिसायल र हाइपरसोनिक मिसाइल निर्माण गर्न लागेको अमेरिकी प्रतिवेदनलाई साभार गर्दै भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।

अमेरिकाको इन्डो – प्यासेफिक क्षेत्रको उपस्थितिलाई अन्त्य गर्न चीनले आफ्नो प्रभाव क्षेत्रकाे विकास गर्नुका साथै यहाँबाट फाइदा लिन चाहेको रिपोर्टमा उल्लेख छ। “प्रतिरक्षात्मक मिसाइलको बढ्दो उपयोगले चिनियाँ सैनिकलाई आधुनिकीकरण गर्न ठूलो भुमिका खेलिरहेको छ। जुन कुरा अमेरिकाको इन्डो– प्यासेफिक क्षेत्रमा चुनौति जस्तै सावित भएकोे छ”  प्रतिवेदनमा भनिएको छ।

‘‘चीनले ७५ – १०० आइसिबिएम, न्यू रोड मोबाइल प्रणाली र न्यू मल्टी वारहेड भर्सन सहितको ब्यालेस्टिक मिसाइल विकसित गरिसकेको छ। उता रसियाले पनि गैरकानुनी रुपले आफ्नो देशको सीमाक्षेत्र भन्दा बाहिरको भुमि कव्जा गरिरहेको छ। उसले आफ्ना छिमेकी मुलुकहरुसँगका सन्धीहरुलाई समेत वेवास्ता गर्दै आएको छ। चीन पनि यो विषयमा आफ्ना छिमेकीहरुमाथि दबाव दिदैँ आएको छ” पेन्टागनले भनेको छ।

चीनकाे १२५ न्यूक्लियर मिसाइल तथा आउँदा वर्षहरुमा न्यूक्लियर फोर्सको बढ्दो प्रयोगले अमेरिकाको लागि सम्भावित चुनौती खडा गर्न सक्ने बताइएकाे छ। यसका साथै चीनले बेइजिङ मार्भस र एचजीभिएस जस्ता उच्च प्रविधिको विकास गरिरहेको बताइएको छ। चीन एसिया प्यासिफिक क्षेत्रमा अमेरिकाको प्रभाव मन पराइरहेको छैन र त्यसलाइ न्यूनिकरण गर्न विभिन्न प्रविधिहरुको विकासमा लागेको हो। रसियाले पनि अमेरिकाको विश्वव्यापि प्रभावलाई कम गर्न खोजिरहको छ।


सम्बन्धित शीर्षकहरु

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन…

सैन्यले आफ्नो परिचालन उद्देश्यहरूलाई मानवीय अनिवार्यताहरूसँग सन्तुलनमा राख्नुपर्छ, जसमा भोकमरी रोकथाम र नागरिक जीवनको सुरक्षा समावेश छ। एकै समयमा धेरै…

नेपाल पत्रकार महासंघअन्तर्गत क्रियाशील विभिन्न बैदेशिक शाखाहरूले प्रतिनिधित्व र सहभागिताको सुनिश्चिततासहित चारबुँदे माग पेश गर्दै महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा…

प्रतिकृयाहरू
...