Saturday 14th March 2026

चीन र रूसलाई टक्कर दिन अमेरिकाले नयाँ मिसाइल प्रणाली ल्यायो


तितोपाटी – संयुक्त राज्य अमेरिकाले चीन र रसिया जस्ता देशहरुबाट आउन सक्ने सम्भाव्य चुनौतीको सामना गर्न नयाँ मिसाइल प्रतिरक्षा नीति अघि सारेको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विहिबार सार्वजनिक गरेको प्रतिवेदनमा रसिया र चीनले निर्माण गरेका शक्तिशाली मिसाइल प्रणालीलाई चुनौति दिन अमेरिकालाई नयाँ मिसाइल नीति आवश्यक परेको जनाइएको छ। दुबै देशहरुले समुद्री र हवाई मिसाइलको विकास गर्नुका साथै क्युरिसियस मिसायल र हाइपरसोनिक मिसाइल निर्माण गर्न लागेको अमेरिकी प्रतिवेदनलाई साभार गर्दै भारतीय समाचार संस्था पिटिआईले जनाएको छ।

अमेरिकाको इन्डो – प्यासेफिक क्षेत्रको उपस्थितिलाई अन्त्य गर्न चीनले आफ्नो प्रभाव क्षेत्रकाे विकास गर्नुका साथै यहाँबाट फाइदा लिन चाहेको रिपोर्टमा उल्लेख छ। “प्रतिरक्षात्मक मिसाइलको बढ्दो उपयोगले चिनियाँ सैनिकलाई आधुनिकीकरण गर्न ठूलो भुमिका खेलिरहेको छ। जुन कुरा अमेरिकाको इन्डो– प्यासेफिक क्षेत्रमा चुनौति जस्तै सावित भएकोे छ”  प्रतिवेदनमा भनिएको छ।

‘‘चीनले ७५ – १०० आइसिबिएम, न्यू रोड मोबाइल प्रणाली र न्यू मल्टी वारहेड भर्सन सहितको ब्यालेस्टिक मिसाइल विकसित गरिसकेको छ। उता रसियाले पनि गैरकानुनी रुपले आफ्नो देशको सीमाक्षेत्र भन्दा बाहिरको भुमि कव्जा गरिरहेको छ। उसले आफ्ना छिमेकी मुलुकहरुसँगका सन्धीहरुलाई समेत वेवास्ता गर्दै आएको छ। चीन पनि यो विषयमा आफ्ना छिमेकीहरुमाथि दबाव दिदैँ आएको छ” पेन्टागनले भनेको छ।

चीनकाे १२५ न्यूक्लियर मिसाइल तथा आउँदा वर्षहरुमा न्यूक्लियर फोर्सको बढ्दो प्रयोगले अमेरिकाको लागि सम्भावित चुनौती खडा गर्न सक्ने बताइएकाे छ। यसका साथै चीनले बेइजिङ मार्भस र एचजीभिएस जस्ता उच्च प्रविधिको विकास गरिरहेको बताइएको छ। चीन एसिया प्यासिफिक क्षेत्रमा अमेरिकाको प्रभाव मन पराइरहेको छैन र त्यसलाइ न्यूनिकरण गर्न विभिन्न प्रविधिहरुको विकासमा लागेको हो। रसियाले पनि अमेरिकाको विश्वव्यापि प्रभावलाई कम गर्न खोजिरहको छ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

इजरायली सेनाले लेबनानको लिटानी नदीमाथिको जरारीह पुलमा प्रहार गरेको बताएको छ किनभने यो हिज्बुल्लाहले प्रयोग गर्ने प्रमुख क्रसिङ थियो, यसले…

प्रतिकृयाहरू
...