तितोपाटी – कोलम्बियाको राजधानी बोगोटामा भएको एक कार बम बिस्फोटमा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ । घाइतेमध्ये एक पनामा र इक्वाडोरका नागरिक पनि छन् ।
यो बिस्फोट बोगोटा शहरको दक्षिणी भागमा एक पुलिस क्याडेट स्कूलको बाहिर भएको हो । बिस्फोट स्थानीय समयानुसार साढे ९ बजे भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार एक कार स्कूल बाहिर तीब्र गतीमा आयो र चेकप्वाइन्टमा जब सुरक्षाकर्मीले त्यसलाई रोक्ने कोसिस गरे तब ड्राइभरले कारको गती बढाइदिए जसका कारण कार पर्खालमा ठोक्कियो । कार ठोक्किने बित्तिकै ठूलो आवाजमा पड्कियो ।
बिस्फोट हुनु केही दिन अघि स्कूलमा एक समारोह सम्पन्न भएको थियो जसमा पुलिस अधिकारीको बढुवा गरिएको थियो ।