Tuesday 26th August 2025

प्रधानमन्त्री ओलीद्वारा चोभारमा सुक्खा बन्दरगाहको सिलान्यास


तितोपाटी – प्रधानमन्त्री केपी शर्मा ओलीले आज  कीर्तिपुर नगरपालिकास्थित चोभारमा  सुख्खा बन्दरगाहाको शिलान्यास गरेका छन्। साविक हिमाल सिमेन्ट  कारखानाको चोभारस्थित ११.७७ हेक्टर जग्गामा बन्दरगाहा निर्माणको शिलान्यास गरिएको हो।

प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य बस्तुको अभाव नहुने बताए। दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीले बताए। ओलीले देश तीव्र विकाको गतिमा अघि बढ्ने बताउँदै सरकारका एक वर्ष कानुन निर्माण र अन्य तयारीमा बितेको बताए।

“संविधान थियो कानुन थिएन। त्यसले गर्दा एकवर्ष हामीले कानुन बनाउने काममा बितायौं। हामीले अब काम गर्ने वातावरण बनाएका छौं। अब देश तीव्र गतिमा अघि बढ्छ,” ओलीले भने। बन्दरगाह निर्माणले स्थानीयबासीका लागि रोजगारीका धेरै अवसर सृजना हुने ओलीले बताए।

“यहाँ बन्दरगाहा निर्माणले रोजगारीका धेरै अवसर सृजना गर्छ। यातायाले यस ठाउँलाई विभिन्न ठाउँसँग जोड्छ,” ओलीले भने, “स्थानीयबासीका केही गुनासा र भनाइ भए सम्बन्धित निकायमा जानकारी गराउनुहोस्। सरकारले सकारात्मक ढंगले लिनेछ” ओलीले भने।

ओलीले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे। “तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस्। गुणस्तरमा सम्झौता नगर्नुहोस्,” ओलीले भने। बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाखको लागतमा निर्माण हुँनेछ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...