Friday 13th March 2026

टि-२० स्म्यास – २०१९ मा नेपाल सेमिफाइनलमा पुग्यो, सेमिफाइनल खेल भोली इन्डोनेसियासँग हुने


तितोपाटी – थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाकाे सामना गर्ने भएको छ ।

बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोली नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टी–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन् ।

प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङकङ, थाइल्याण्ड, इण्डोनेशिया, भूटान र म्यान्मा छन् । भोली नै हुने अर्को सेमिफाइन खेलमा समूह ‘ए’ को उपविजेता युएई र समूह ‘बी’ को विजेता थाइल्याण्ड आमने सामने हुनेछन् ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...