Tuesday 26th August 2025

कैन्याको राजधानी नैरोबीको एक होटलमा आत्मघाती वम हमला हुँदा १५ जनाको मृत्यु


तितोपाटी – केन्याको राजधानी शहर नैरोबीको एक होटेल परिसरमा मङ्गलबार आत्मघाती बम आक्रमण र गोलाबारीमा कम्तीका १५ जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । एक सय एक कोठा, रेष्टुरेन्ट, कार्यालय भवनहरु र स्वास्थ्य केन्द्रसमेत रहेको यस होटेल परिसरमा मङ्गलबार अपराह्न अल शबाब इस्लामिक आतङ्ककारी समूहले आक्रमण गरेको दाबी गरेका छन् ।

विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी होटेलमा छिरेको र त्यसपछि बन्दुकधारीहरुले गोली प्रहार गर्न शुरु गरेका बताइएको छ । विदेशीसहित १५ व्यक्तिको मृत्यु भएको एक प्रहरीले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । मारिएका व्यक्तिमध्ये एक अमेरिकी नागरिक रहेका विदेश विभागका अधिकारीले जानकारी दिएका छन् ।

होटेल परिसरमा फसेका दर्जनौं व्यक्ति स्थानीय समयानुसार बुधबार बिहान ३:३० बजे बिहान भाग्न सफल भएको बताइएको छ । के कति व्यक्ति होटेलमा छन् भन्ने प्रप्ट भइसकेको छैन । आक्रमणको जिम्मेवारी अल–कायदासँग आबद्ध सोमालियाको अल–शबाब समूहले लिएको छ । सन् २०११ को अक्टोबरमा जिहादी समूहसँगको लडाइँमा सोमालियामा सेना पठाएपछि केन्यामा बारम्बार यस समूहले आक्रमण गर्दै आएको छ ।

सन् २०१३ मा नैरोबीको पश्चिमी गेटमा रहेको एक सपिङ मलमा भएको आक्रमणमा कम्तीमा ६७ जनाको मृत्यु भएको थियो ।

सन् २०१५ को अप्रिल २ मा पूर्वी केन्यामा रहेका गारिस्सा विश्वविद्यालयमा शबाब समूहले गरेको आक्रमणमा कम्तीमा १४८ जनाको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

प्रतिकृयाहरू
...