Wednesday 10th September 2025

मानब तस्करले भारत पुर्याइ बन्धक बनाइएका ३ नेपाली युवतीको भारतीय प्रहरीको सहयोगमा उद्दार


तितोपाटी – सीमावर्ती भारतीय रक्सौलनजिक रहेको रामगढवाबाट भारतीय प्रहरीले चार नेपाली युवतीको उद्दार गरेको छ । उद्दार गरिएका युवतीहरुलाई माइती नेपालको जिम्मा लगाएर नेपाल ल्याइएको छ ।

माइती नेपाल काठमाडौंको टोलीले दिएको सूचनाको आधारमा वीरगञ्ज शाखाबाट माइती नेपालको टाली दुई दिनअघि रक्सौल पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा रामगढवामा रहेको झुलन पासवानले सञ्चालन गर्ने आर्केष्टाबाट चार जना नेपाली युवतीको उद्दार गरिएको माइती नेपाल, वीरगञ्ज शाखाले जनाएको छ । नेपाली युवतीलाई उद्दार गरी भारतीय प्रहरीले माइती नेपाल वीरगञ्जलाई लिखित कागज गरी सुम्पिएका थियो ।

काठमाडौंबाट बेपत्ता भएकी कृषा लामालाई खोज्ने क्रममा रामगढवा स्थित आर्केष्टामा छापा मारिएको थियो । छापा मार्ने क्रममा लामासहित अन्य तीन जना नेपाली युवती एउटै कोठामा फेला परेका थिए । १८ वर्ष मुनिका उनीहरु तीनै जना मोरङका हुन् । युवतीहरुको साथमा रहेका ‘प्यारे दाइ’ भनिने राजेश खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । होचो कदका उनी पहिला पनि मानव बेचविखन र ओसारपसार गतिविधिमा संलग्न रहेका व्यक्ति भएको बताइएको छ । उनलाई लिन आएका शंकास्पद अर्का एक व्यक्ति पनि पक्राउ परेका छन् । उनको नाम भने प्रहरीले खुलाएको छैन ।

माइती नेपाल वीरगञ्जकी प्रमुख संगीता पुरीले आर्केष्टाबाट चार जना नेपालीको उद्दार गरिएको पुष्टि गरिन् । ‘काठमाडौंबाट एक जना नानी हराएको उजुरी अभिभावकले दिएका थिए, भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा आर्केष्टामा रहेको थाहा भयो, छापामारी गर्दा अन्य तीन जना पनि संगै फेला परे’, उनले भनिन्, ‘उनीहरुलाई घर परिवारसँग सम्पर्क समेत गर्न नदिई एक महिनादेखि कोठामा थुनेर राखिएको रहेछ, आर्केष्टा सञ्चालकले तिमीहरुलाई किनेर ल्याएको हुँ, कतै जान पाउँदैनौं भनेर धम्क्याएर राखेको रहेछ ।’

युवतीहरुसँगै कोठामा रहेका एक जना र उनलाई छुटाउन आएका गरी दुईजना शंकास्पद पुरुषहरु पनि पक्राउ परेको बताउँदै उनले प्रहरीसँगको परामर्शमा आवश्यक पक्रिया अघि बढाइने जानकारी दिइन् ।
आर्केष्टामा धेरै नेपाली युवती र महिलाहरु रहेको जानकारी आफूले पाएको उनले बताइन् । प्रमुख पुरी, कार्यालय सहायक एलिसा श्रेष्ठलगायतको टोली भारतीय प्रहरीसँगै युवतीहरुको उद्दारका लागि रामगढवा पुगेका थिए ।

युवतीहरुसँगै आर्केष्टामा भेटिएका शंकास्पद दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । ‘दुई जना पुरुषहरु पक्राउ त परेका छन्, मुद्दा चलाइ नसकेको अवस्था छ,’ उनले भने ‘ युवतीहरुलाई आर्केष्टामा पुर्याउनमा उनीहरुको संलग्नता हो वा होइन भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको छ । ’

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...