Saturday 7th March 2026

नेपाल तामाङ घेदुङ कुवेतले फेब्रुअरी १ मा सोनाम ल्होछार मनाउने


तितोपाटी –  नेपाल तामाङ घेदुङ कुवेतले आगामी  फेब्रुअरी १ तारिक शुक्रबारका दिन कुवेतको खैतानस्थित राजधानी इन्डियन रेस्टुरेन्टमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछार कार्यक्रमको आयोजना गर्ने भएको छ। तामाङ नयाँ बर्ष तथा ड्वा ल्हो (सुँगुर वर्ग) यसपाली  ५ फेब्रुअरी फेरिने भए पनि प्रवासमा समयानुकुल नभएकोले नेपाल तामाङ घेदुङ कुवेतले १ फेब्रुअरीमा नै सोनाम ल्होछार मनाउने तय गरेको बुझिएको छ।

तामाङ जातीले सोनाम ल्होछारलाइ आफ्नो नयाँ बर्षको रुपमा मनाउने गरेका छन। हरेक माघ शुक्लपक्ष प्रतिपदाको दिनदेखी उनीहरुको ल्हो/वर्ग फेरिने हुँदा उक्त तीथिलाइ उनीहरुले नयाँ बर्षको रुपमा धुमधामले मनाउने गर्दछन।  “ल्हो” भन्नाले वर्ग/बर्ष र “छार” भन्नाले नयाँ बुझाउँछ। समग्रमा नयाँ बर्षलाइ ल्होछार भनिन्छ।

बौद्ध धर्मानुसार तामाङहरुले राष्ट्रिय पर्वको रुपमा मनाइने सोनाम ल्होछारमा विशेष गरि आफू भन्दा ठुला मान्यजनबाट सेतो टीका लगाइ आशीर्वाद ग्रहण गर्ने चेली माइती तथा आफान्तजन भेटघाट गर्ने र आफ्नो संस्कृति अनुसार रमाइलो गर्ने गरिन्छ। ल्होछारमा विशेष किसिमको खानाको परिकार पनि बन्ने गर्दछ जसलाइ “खपस्यो” भनिन्छ। खप्स्यो, मैदाबाट विभिन्न किसिमको रङहरुमा तामाङ जातिले बर्गको रुपमा संकेत गर्ने १२ थरिका जीव जन्तुहरु मुसा, बिरालो, गाई, सुँगुर, कुकुर, बाघ, सर्प, गरुँड, चरा, बाँदर, भेडा र घोडाको आकार बनाइ स्वाद अनुसार चिनी हालेर तेलमा पकाएर खाने गरिन्छ।

तामाङ जातिले राष्ट्रिय रुपमा मनाउने सोनाम ल्होछारलाइ राज्यले वेवास्ता गर्दै विगतमा राज्यले घोषणा गरेको सोनाम ल्होछारको एक दिने सार्वजनिक बिदा समेत कटाए पछि झन राज्यलाइ दवाव स्वरुप सोनम ल्होछार अझ बृहत् रुपमा मनाउने तयारीमा तामाङहरु लागि परेको देखिन्छ। देशले धर्म निरपेक्षतामा गइ सक्दा पनि हिन्दु चाड पर्वलाइ मात्रै प्राथामिकताका साथ सार्वजनिक बिदा दिइनु राज्यले अन्य धर्मावलम्वीहरुमाथी गरेको विभेदको रुपमा लिँदै त्यसो नगरी सबै जाती र धर्मावलम्वी नेपालका स्वतन्त्र नागरिक भएकोले समान व्यबहार गरिइनुपर्ने उनीहरुको माग सहित मनाउन लागेको यसपालीको सोनाम ल्होछार दवावपुर्ण रहने सहजै अनुमान गर्न सकिन्छ।

फेब्रुअरी १ तारिकका दिन कुवेतमा क्रीयाशिल कुनै पनि संस्थाले कार्यक्रम नजुधाइ सोनाम ल्होछार कार्यक्रममा उपस्थित भइ कार्यक्रमको शोभा बढाइ दिनु हुन अायोजकले अाग्रह गरेको छ ।

कार्यक्रमको विवरणःज

मिति: सन २०१९ फेब्रुअरी १ तारिक शुक्रबार ।

स्थान: राजधानी इन्डियन रेस्टुरेन्ट, खैतान कुवेत ।

समय: ठिक ११ बजे बिहान देखि ।


सम्बन्धित शीर्षकहरु

तेहरान: इरानका मारिएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई पवित्र शहर मशहदमा गाडिनेछ, फार्स समाचार एजेन्सीले मंगलबार जनाएको छ।   ३६…

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

प्रतिकृयाहरू
...