Friday 16th January 2026

ललितपुरको बालकुमारीमा डरलाग्दो दुर्घटना


तितोपाटी डट कम-ललितपुरको बालकुमारीमा डर लाग्दो दुर्घटना भएको छ । कोटेश्वर–कलंकी सडक खण्डको बालकुमारीमा बा ४ ख ७८०२ नम्बरको टिपर शनिबार बिहान साढे २ बजे दुर्घटनामा परेको हो ।

बाटोमा गुडिरहेको टिपर सडकबीचको डिभाइडरमा ठक्कर दिँदै रेलिङ भत्काएर किनारमा पार्किङ गरी राखेको अर्काे ट्रकमा ठक्कर खाई नजिकैको टहरोमा गएर जोतिएको थियो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
-अन्नपूर्णपोस्टबाट साभार


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...