Tuesday 13th January 2026

कुवेतमा भलिबल प्रतियोगिता,कल्याणकारी टिम प्रथम


तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो।

कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट कम संग भने” भारतिय रोहन टिमद्वारा कुवेतको महाबुल्लामा आयोजित भलिबल प्रतियोगितामा बिभिन्न टिमहरुले भाग लिएका थिए।टिम मेनेजर नबराज पराजुली र टिम क्याप्टेन सागर पंगेनी रहेको कल्याणकारी यूबा समाज टिमले फाइनलमा भारतीय टिमलाई हराएको हो।यस जितले समाजलाई भलिबाल खेल प्रती अझ ससक्त भएर लाग्न प्रेरणा मिलेको छ।”

बिजयी टिमलाई नगद पुरस्कारको ब्यबस्था गरिएको थियो।खेल अबधीमा भलिबल खेलमा रुची भएका नेपाली,भारतीय लगाएत अन्य देशका नागरिकहरुको बाक्लो उपस्थिती रहेको थियो।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...