Monday 12th January 2026

गजल


गजल

जसलाई जिताउनु पर्ने उसैले जितेछ एपिवानमा,
दुरदराजका झुपडीका अाइडल चुनेछ एपिवानमा ।

दुःखमा नि अाँशु खुशिमा नि अाँशु प्राय:बग्ने गर्छ,
हर्षित हुँदा विचराको नयनबाट बगेछ अाँशु एपिवानमा ।

धनी गरिब बिचको विभेद हटेछ जस्तो लाग्यो,
झुपडीका पात्रको पनि अबसर रहेछ एपिवानमा ।

धेरै बिस्मत हुन्थ्यो उनलाई अाइडल नभएको भए,
एक नम्बरमा अाए उनको दशा टरेछ एपिवानमा ।

मेहनत गर्थे संघर्ष गर्थे उनि संधै लगनशील भई,
र पो सारा नेपालीको समर्थन जुटेछ एपिवानमा ।

माधव पौडेल-कुवेत


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...