Wednesday 14th January 2026

दाङमा बस दुर्घटना, मर्नेको संख्या २० पुग्यो, सनाखत हुन बाँकी


तितोपाटी – दाङमा अाज साँझ भएकाे बस दुर्घटनामा परी मर्नेकाे संख्या २० पुगेकाे छ।अन्य केहि घाइते भएका छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। उनीहरूकाे राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।

सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो। बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

२० जनाको शब फेला परेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन्।  बस कृष्णसेन इच्छुक पाेलि टेक्निकल इन्स्टि्च्युटकाे रहेकाे बताइएकाे छ। विद्यार्थीहरु सल्यानको मुलपानी बनस्पति उद्यान अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...