Wednesday 1st April 2026

म्याग्दी बेनीमा आगलागी हुँदा करिब १३ लाखको क्षती


तिताेपाटी – म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करिब रु १३ लाख बराबरको क्षती भएको छ । बेनीको न्युरोड स्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रवार विहान आगलागी हूँदा १२ लाख ८५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिनुभयो । प्रारम्भीक अनुसंधानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।

विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्कीएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताउनुभयो । आगलागीमा तिन थान मोवाईल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो । आगलागी नियन्त्रणमा दमकलको समेत प्रयोग भएको थियो ।

-म्याग्दी अनलार्इनबाट साभार


सम्बन्धित शीर्षकहरु

सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार शनिबार उक्त कार्यसूची सार्वजनिक…

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

प्रतिकृयाहरू
...