Tuesday 23rd December 2025

म्याग्दी बेनीमा आगलागी हुँदा करिब १३ लाखको क्षती


तिताेपाटी – म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करिब रु १३ लाख बराबरको क्षती भएको छ । बेनीको न्युरोड स्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रवार विहान आगलागी हूँदा १२ लाख ८५ हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ब्लकले बनाएको माथिल्लो तलाको कोठामा आगलागी हुँदा नगद रु २ लाख ७० हजार सहित महत्वपूर्ण सामानहरु जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक विर बहादुर बुढामगरले जानकारी दिनुभयो । प्रारम्भीक अनुसंधानको क्रममा विद्युत सर्ट भएर आगलागी भएको देखिएको प्रहरीले जनाएको छ ।

विहान करिब ८ बजे कोठाबाट धुवाँको मुस्लो निस्कीएपछि आगलागी भएको थाहा पाएको घरधनी विकले बताउनुभयो । आगलागीमा तिन थान मोवाईल, गरगहना समेत जलेको बताइएको छ । स्थानीयबासी र प्रहरीको सहयोगमा करिब ४५ मिनेटको निरन्तर प्रयासपछि आगलागीलाई नियन्त्रणमा लिईएको थियो । आगलागी नियन्त्रणमा दमकलको समेत प्रयोग भएको थियो ।

-म्याग्दी अनलार्इनबाट साभार


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...